करिब दुई वर्ष अघि वेम्ली एरिनामा पहिलोपटक नेपाली कन्सर्ट गरेर दर्शक मन अत्यधिक जितेको नेपथ्य व्याण्ड फेरि लन्डन जाने भएको छ । आगामी ८ अगष्ट साँझ ओटु एकेडेमी ब्रिक्सटनमा हुन लागेको सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको इलाइट्स समूहले जानकारी दिएको छ । आयोजक मध्यका एक पवन गुरुङले कार्यक्रम हुने स्थान ख्यातिप्राप्त नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न करिब ५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको जानकारी दिए ।
टिकट बेचेर आएको रकममध्ये प्रति टिकट २५ पेन्स् नेपालयमार्फत नेपालमै परोपकारी काममा लगाइने बताइएको छ । कन्सर्टमा भाग लिन अमृत गुरुङको नेतृत्व ९ सदस्यीय सांगीतिक समुह अगष्ट महिनाको पहिलो साता लन्डनमा उत्रने तयारीमा छ । ‘सफल कन्सर्ट गर्ने नेपथ्यको विगत इतिहास यसपटक पनि कायम राख्नेछौं’ आयोजक गुरुङले भने, ‘कार्यक्रममा आइदिन सबैमा हाम्रो आग्रह छ ।’ इलाइट्स ग्रुपले यसअघि गत डिसेम्बर महिनामा चर्चित गायक दिब्या सुब्बा, रक ब्याण्ड अल्वाट्रोसलाई पहिलो पटक बेलायत झिकाए कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया