सन्दिप कुमार बैश्य
बर्दिया, ३१ असार । बर्दिया जिल्लाको मनाउँ गाबिस लाई हिजो बुधबार पुर्ण साक्षर गाबिस घोषण गरिएको छ । मनाउँ गाबिस जिल्लाकै पहिलो पुर्ण साक्षर गाबिसको रुपमा घोषणा भएको छ । गाबिसमा रहेका जनताहरुको तथ्यांक संकलन गर्दा ९७ प्रतिशत व्यक्तिहरु साक्षर भएको पाइएकोले एक औपचारिक समारोहको बिच मनाउँ गाबिसलाई पुर्ण साक्षर गाबिस घोषण गरिएको हो । समारोहका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी विनोद वहादुर कुवर मनाउँ गाबिसलाई पुर्ण साक्षर गाबिस घोषण गरेका हुन् । घोषाणा कार्यक्रममा गाउ शिक्षा समितीका सदस्य सचिव कुमार लामिछाने ले घोषणका चरण तथा प्रकृयाको वारेमा व्याख्या गर्नु भएको थियो भने शिक्षक युनियनका अध्यक्ष श्री नवराज ढुंगाना, जिल्ला शिक्षा अधिकारी श्री जित वहादुर शाह, वडघर शोमल चौधरी ,नेपाली कांग्रस गाउ ईकाइ सभापती श्री विजय पुन, दलित सेवा संघ वर्दियाका वरिष्ठ कार्यक्रम संयोजक तारा वहादुर सुनार लगायत स्थानीय वुद्धिजिवि राजनैतिज्ञ , समाजसेवी , शिक्षक र स्रोत व्यक्ति लगायतले पुर्ण साक्षर गाबिसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त दिएका थिए । गाउ शिक्षा समितीका संयोजक चक्रपाणी आचार्यको सभापतित्वमा सम्पन्न सो समारोहमा साक्षर गा.वि.स.घोषणा क्रममा सहयोग गर्ने दलित सेवा संघ लगायतका संघ संस्थालाई पशंसा पत्र र कदर पत्र प्रदान गरिएको थियो । जिल्ला शिक्षा कार्यालय तथा दलित सेवा संघ लगायत अन्य गैर सरकारी संघ संस्थाको समन्वय र सहयोगमा जिल्लामै पहिलो गा.वि.स.को रुपमा मनाउँ गाबिस पुर्ण साक्षर गाबिस घोषणा भएको हो ।
प्रतिक्रिया