एस.पी.गौरब
सर्लाही, ३१ असार । सर्लाहीको लालबन्दी नगरपालीकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७१÷७२ मा सम्पादन गरिएका कार्यहरुको समिक्षा स्वरुप सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारीले सभापतित्व गर्नु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेसका सुरेन्द्र न्यौपाने, नेकपा माओवादीका लेखराम जर्घा मगर,नेकपा एमालेका डिल्ली अधिकारीले अतिथ्यता जनाउनु भएको थियो ।
लालबन्दी नगरपालीका वडा नं. १० पत्थरकोटमा रहेको श्री कुशेश्वर निमाविको प्राङग्णमा भएको सर्वजनिक सुनुवाई कार्यक्रममा राजनैतिक दलको भाग वण्डाका कारण विकास निर्माणका कामहरु सहर मुखी भएको स्थानीयबासीले आरोप लगाएका छन । स्थानीयबासीहरुका अनुसार लक्षित वर्गको लागि आएको वजेटमा समेत राजनितीकरण भएकोले सम्बन्धीत वर्गले पाउन नसकेको समेत गुनासो रहेको छ । त्यस्तै विद्युत, खाने पानी तथा सडकको समस्या रहेको गुनासो गरेका थिए । लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत तथा सार्वजनिक सुनुवाई कार्यक्रमका सभापति अधिकारीले आगामि आ.व देखी यि समस्याहरुलाई आफुले प्राथमिकतामा राख्ने बताउनु भएको हाम्रा सहकर्मी मोहन भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा करिब २०० जना स्थानीयबासीको सहभागीता रहेको थियो ।
प्रतिक्रिया