फाइल तथा डाटा सेयरका लागि उपयाेगी ९ एप्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ०६:३१

म्यासेज पठाउन, फोटो खिच्न, जरुरी फाइलहरु राख्न र सेयर गर्न हामी आफ्नो मोबाइल फोनमा भर परेका छौँ। पहिले पहिले फोनबाट डाटा तथा फाइलहरु पठाउनका लागि हामीलाई फोनमा प्रयोग हुने डाटा केबलको आवश्यकता पथ्र्यो। तर अब त्यो समय गइसेकेको छ। फाइल तथा डाटा सेयरका लागि अब डाटा केबल बोकेर हिँड्न पर्ने आवश्कता छैन।
अहिले हाम्रो फोनमा विभिन्न किसिमका एप्सहरु राख्न सकिन्छ जसको सहायताले हामी सजिलै डाटा र फाइलहरु सेयर गर्नसक्छौँ। डाटा सेयरका लागि छिटो र सरल हुने केही प्रमुख एप्सहरु निम्न प्रकारका रहेका छन्ः
१ एयरड्रोइडः
यो एपको सहायताले फाइलहरु सजिलैसँग सेयर र इन्सटल गर्न मिल्छ। फाइलहरु फोनमा पठाउन उक्त फाइललाई तानेर कुनै एक फोल्डरमा राख्नुपर्दछ। एयरड्रोइडले लोकल वाईफाई वा डाटा कनेक्सनसँग कनेक्ट गर्छ। यसको साहयताले एपीके फाइलहरु पनि इन्सटल गर्न सकिन्छ। एयरड्रोइडले कन्ट्याक्टस् ब्राउसर, म्यासेजीङ ड्यासबोर्ड र डिभाइस लोकेटर जस्ता विशेषता पनि प्रदान गरेको छ।
२ जेन्डरः
यो एप एयरड्रोइडसँग मिल्दो जुल्दो छ। इन्टरनेट कनेक्सन नभएपनि वाईफाई हट स्पटका सहयोगले फाइलहरु सार्न सकिन्छ। जेन्डर आफ्नो कम्प्युटरमा पनि इन्सटल गर्न सकिन्छ र सजिलै फोटो, भिडियो, गीत, फाइलहरु आदी हेर्न सकिन्छ । जेन्डरबाट पनि एयरड्रोइड जस्तै फाइललाई तानेर सार्न मिल्छ । निःशुल्क रुपमा जेन्डरलाई आइओएस र एन्ड्रोइड स्टोरबाट डाउनलोड गर्न मिल्छ ।
३ सुपरबिमः
एन्ड्रोइड र आइओएसमा काम गर्ने सुपरबिम एपबाट फाइलहरु सेयर गर्न इन्टरनेट चाहिँदैन। यो एपले वाईफाई डाइरेक्ट प्रविधिको माध्यमबाट फाइलहरु सार्छ। यो एपको विशेषता भनेको सर्पोट नगर्ने फाइल (जस्तै–एमपी थ्री)लाई क्लाउड स्टोरेजमा सेभ गर्नसकिन्छ र पछि अन्य एप्स जस्तै–जीमेलका सहायताले सेयर गर्नसकिन्छ ।
४ पूसबुलेटः
एन्ड्रोइड र आइओएस डिभाइसहरुमा फोटो, भिडियो, फाइल आदी सेयर गर्न यो एप निकै लाभदायक रहेको छ। पूसबुलेट ब्राउजर एक्सटेनसनले एकै पटकमा लिङ्क तथा फाइलहरु अन्य डिभाइसमा सार्न मद्धत गर्छ। इन्टरनेटमा चलाइरहेको पेज तुरुन्त खोल्न र सेयर गर्न पनि यसले सहयोग गर्छ।
५ पोर्टलः
यो एपबाट पनि पूसबुलेट जस्तै सजिलैसँग फाइलहरु सार्न सकिन्छ। पोर्टलले सेयर गरिएका फाइलहरु छुट्टाछुट्टै फोल्डरमा सेभ गर्छ। यदि फोनमा एन्ड्रोइड ५.० ललीपप भन्दा माथिको ओपरेटिङ सिस्टम छ भने फाइलहरु सिधै मेमोरी कार्डमा सेभ हुन्छन्।
६ बीट टोरेन्ट सिङ्कः
यो एपका सहायताले फाइलहरुलाई सुरक्षित तरिकाले सेयर गर्न सकिन्छ। बीट टोरेन्ट सिङ्कले डिभाइसहरु चिन्नका लागि पब्लिक की आर्किटेक्चरको प्रयोग गर्छ र फाइल सार्नका लागि १२८–बीट इन्सक्रिप्सनका साथ बीट टोरेन्ट प्रोटोकलको मद्धत लिन्छ। यसका साथै यो एपल परिवर्तन भएका फाइलहरुलाई पनि अपडेट गर्छ।
७ वीट्रान्सफरः
एकै साथ थुप्रै फोटो, भिडियो आपलोड गर्नको लागि यो एपले मद्धत गर्छ । यो फ्री एपबाट एक पटकमा १० जीबी सम्मको डाटा अपलोड गर्न सकिने छ।सेयर गर्न खोजेका फोटो र भिडियोलाई छानेपछि ई–मेल ठेगाना राख्नुपर्छ र वीट्रान्सफरले फाइलहरु अपलोड गर्न सुरु गर्छ।
८ इनफिनीटः
यो एपबाट डेस्कटपबाट क्लाउडका सहायताले फाइलहरु सार्न मिल्छ। यो एप आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा पनि उपलब्ध छ। तर फाइल सेयर गर्नुभन्दा पहिले नयाँ एकाउन्ट बनाउनु पर्ने हुन्छ र एकाउन्ट बनाइ सकेपछि कुनैपनि ई–मेल ठेगानामा सजिलैसँग फाइल सेयर गर्न मिल्छ ।
९ बीट टोरेन्ट सुटः
यो एपबाट एकैसाथ धेरै फोटोहरु सार्न मिल्छ। सेयर गर्न फोटोहरु छानी सकेपछि यो एपले क्युआर कोड उत्पन्न गर्छ। प्रथम तीन सेयरहरु निःशुल्क हुनेछन्। अनलिमिटेड सेयरका लागि भने २ डलर तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१