काठमाडौं, ३० असार । साहित्यकार तथा गायक सुरेन्द्र मर्हजन अमरले मंगलबार २ कृती सार्वजनिक गरेका छन् । उनले भानु जयन्तीको अवसर पारेर ११ औं कृतीका रुपमा ‘अनुष्का’ उपन्यास र दोस्रो एल्वमका रुपमा ‘अमर’ गिती एलवम सार्वजनिक गरेका हुन ।
उनको गिती एल्वम वरिष्ठ साहित्यकार बुलु मुकारुङ तथा उपन्यास अनुष्कका बरिष्ठ साहित्यकार मोहन दुवालले विमोचन गरेका छन् । एल्वम भित्र समावेश गीतको म्युजिक भिडियोको विमोचन भने कलाकार कृष्ण मल्लले गरेका छन् ।
विगत ३० बर्षदेखि नेपाली साहित्य क्षेत्रमा कृयासिल महर्जनको गीति एल्बम अमर १० औं कृति हो । एल्बममा जम्मा ६ वटा गीतहरू समावेश रहेका छन् । एल्वम भित्र समावेश ३ गीतमा गायक सुरेन्द्रलाई गायिकाहरु मिलन अमात्य, शिखा भारती र ममता पोखरेल गौतमले गायनमा सघाएका छन् । एल्वममा समावेश ६ वटै गीत सुरेन्द्र महजैन अमरलेनै लेखेका हुन । एल्वममा राम कार्कीको एकल संगीत तथा एरेन्ज समावेश गरिएको छ । यो एल्वमलाई मधुशाला म्युजिकले बजार ब्यवस्थापन गर्ने छ ।
प्रतिक्रिया