हावा भर्न मिल्ने युवती उत्पादन गर्ने राजधानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १६:३३

A-Chinese-city
टमक्क परेका तिघ्रा, पुष्ट वक्षस्थल, तथा निकै फस्टाएका नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका कृत्रिम पार्टनर अर्थात् सेक्स डल निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो सहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता सेक्स डलको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ । त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण गरेर बजारमा पठाउँछन् ।
A-Chinese-city (1)
यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।
प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु पल्टिरहेका हुन्छन् ।
उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ ।
यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्ने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१