धार्मिक स्वतन्त्रता र राजनीति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १५:००

यो युग स्वतन्त्रताको युग हो । मानिस अहिले स्वतन्त्रताका लागि तीव्रत्तर रुपमा अघि बढिरहेको छ । स्वतन्त्रता र अधिकार सम्पन्न हुनका लागि मानिसहरू लागि परेका छन् । तर, वास्तविक स्वतन्त्रता के हो ? यसको लक्ष्य के हो ? स्वतन्त्रताका लागि चाहिने सर्तहरू के के हुन्? जस्ता अनेकन प्रश्नहरूको उत्तर पत्ता नलगाइ र नबुझिकन मानिसको स्वतन्त्रता प्राप्ती तर्फको यात्रा अधुरै रहन्छ । यहाँनेर धार्मिक स्वतन्त्रताको कुरा किन गर्न खोजिएको हो भने, धार्मिक स्वतन्त्रता नै नागरिक स्वतन्त्रताको आधार हो । यहाँ धार्मिक स्वतन्त्रता भनेर धर्म निरपेक्षता भन्न खोजिएको किमार्थ होइन ।

0a7caeac61349c84e332feaa5aadf185_Lमेरो बुझाइमा राज्य धर्म निरपेक्ष हुनुहुँदैन । आध्यात्मिकताको गहिराईमा नपुगिकन मानवको चरित्र विकास हुन सक्तैन । धर्म मानिसका लागि हो न कि मानिस धर्मका लागि । धर्मको उद्देश्य आत्मिक विकास, मानव कल्याण र असल राज्यको निर्माण गर्नु हो । संसारमा विभिन्न धार्मिक सम्प्रदायहरू विद्यमान छन्। संसारका धर्महरूले दिने शिक्षा समय, परिवेश अनुसार फरक भएको पाइन्छ तर तिनीहरूको सार त एउटै हो नै हो, अझै तिनीहरूले दिने शिक्षा सत्तरी प्रतिशत एउटै भएको एक अध्ययनले देखाउँदछ (दी वल्र्ड स्क्रिप्चर हेर्नुहोला) । तर
मानव एक्काइसौं शताब्दी प्रवेश गरिसक्दा पनि धार्मिकताको नभै धर्मको वकालत भइरहनु मानवजातिका लागि ठूलो बिडम्बना नै मान्नुपर्दछ । कसैले पनि आफ्नै वकालत र प्रसंशा गर्नु सम्पूर्ण अस्तित्वहरू मै अस्वीकार्य मूल्य हो । मानवजाति स्वतन्त्र अस्तित्व हो । त्यससँग विवेक, बुद्धि, सृजनशीलता, जिम्मेवारी जस्ता चरित्रहरू रहनेभएकाले नै स्वतन्त्रता मानिसको मौलिक इच्छा नै हो । जसले जतिनैसुकै खिचातानी गरेपनि मौलिक इच्छाबाट विमुख हुन सक्तैन, तर जसरीपनि सत्तामा स्थापित हुने रणनीति लिएका राजनीतिकर्मीहरू अज्ञानतामा रुमल्लिइरहेका मानिसहरूका भावनामा खुलेआम ब्लाकमेलिङ्ग गर्ने काम गरिरहेका छन्।

यो मानवजातिका लागि नै बिडम्बनाको बिषय हो । समाज विकासका लागि धार्मिकता (आध्यात्मिकता) र राजनीति दुवै सबल हुनुपर्दछ । दुवैको उच्चता मानव कल्याणमा नै प्रदर्शन हुने भएकाले यिनले आफूलाई सो कार्यमा प्रयोग गर्न सक्नुपर्दछ । सबै मानव एउटै धर्तीका सन्तान हुन्। तसर्थ मानव कल्याणका लागि नभई सत्तामा स्थापित हुन र पेटभर्नका लागि गरिने धर्म र राजनीतिको कुनै गुनजाइस छैन । अस्तित्वमा रहेका धर्महरूमा पनि समसामयिक मानव समाज र युगलाई गति दिन सक्ने आध्यात्मिक समूह नै सबैभन्दा उत्कृष्ठ हो । यसलाई प्रयोग गरी सचेत नागरिक उत्पादन गर्ने अभियान सृजना गर्नु राज्यको दायित्व हो । असल छोरीछोरी त्यो हो जसले बाबुआमाको इच्छा बुझेर काम गर्दछन्, बाबुआमाको जिम्मेवारी लिन्छन्र बाबुआमा प्रति आज्ञाकारी बन्दछन्। असल दाजुभाइ त्यो होजसले एकअर्कालाई सम्मान गर्दछन्, एकअर्काको भावनाको कदर गर्दछन्, मिलेर काम गर्दछन्र बस्दछन्। विविधतामा एकता मानव मात्र नभई सम्पूर्ण सृष्टिको स्वभाव नै हो । कुनैपनि वस्तुको अस्तित्वको सार्थकता र मूल्य अरुबाटै प्राप्त हुन्छ । आफूलाई नै सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति संसारको निकृष्ठतम्प्रवृत्ति र दर्शन हो भन्ने आज सिद्ध भइसकेको छ । कुनै पनि सीमित दर्शन, धर्म र वाद भित्र बसेर ट्वार्–ट्वार्गर्ने व्यक्ति केवल कुवाको भ्यागुत्तो मात्र हुन सक्तछ, उसलाई संसारको बारेमा केही थाहा हुन्न ।

सम्पूर्णतामा पूर्णता प्रकृतिको नियम नै हो । कुनैपनि वस्तुको अस्तित्वलेअर्को वस्तुसँगको सम्बन्धमा मात्र सार्थकता पाउँछ । सार्थक जीवन बाँच्नका लागि सत्यताको माध्यमबाट संसार चियाउन र जीवनलाई एक्सप्लोर गर्न सक्नुपर्दछ । यसका लागि आध्यात्मिक ज्ञानलाई कसरी दैनिक जीवनमा प्रयोग गर्ने भन्ने कुरा बालबालिकादेखि युवायुवती एवं वयस्क व्यक्तिहरूलाई सिकाउनु पर्दछ । सिकाइका दुई तरिका हुन्छन्( एक सैद्धान्तिक ज्ञान अर्को अग्रज र अगुवाहरुबाट व्यवहार प्रदर्शन । स्वतन्त्रता मानवजातिले प्राप्त गरेको उच्च स्तरीय उपहार हो । जिम्मेवारीसँगको सहकार्यमा मात्र स्वतन्त्रताले सार्थकता पाउँछ । स्वतन्त्रता भनेको आफैंले प्रयत्न गरेर शान्ति, एकता र खुशी हासिल गर्नका लागि हो । सबै मानवले एकैपटक स्वतन्त्रता अनुभूति गर्नु नै सार्थक स्वतन्त्रता हो । जिम्मेवारी बिहीन स्वतन्त्रताको खोजी गर्ने व्यक्तिहरुबाट संसार आक्रान्त छ । ब्रह्माण्डीय नियम र सिद्धान्त विपरीत स्वतन्त्रताको खोजीले मानव सभ्यता संकटमा पर्ने निश्चित नै छ । सृष्टिकर्ता, ईश्वरको पक्षधर भनिएका (वा मानिएका मात्र) धर्महरू र आध्यात्मिक समूहरूले व्यक्तिगत आन्तरिक संरचना देखि मानव एवं चारित्रिक संरचना भताभुंग हुँदा समेत निरिह रुपमा चुपचाप हेरेर बस्नु धर्मका लागि मात्र हैन कि सम्पूर्ण मानव कै लागि बिडम्बनाको कुरा हो ।

जनआन्दोलन ०६२र०६३ को बलमा स्थापित भई लागु भइसकेका कतिपय म्याण्डेडहरु पूःन परिवर्तन गर्ने कुराहरु आउँछन्भने नयाँ बन्ने संविधान जनताको संविधान हुन सक्तैन । अरु कुरा ठीकै हो भनेर मन बुझाउने प्रयत्न गरेपनि देशै छाडेर अमेरिका, युरोपका विभिन्न ठाउँ, अष्ट्रालिया लगायत ईशाईहरुले स्थापना गरेको मुलुकको पी. आर. लिने र परिवार सहित उतै पलायन भएका मानिसहरुले पनि नेपाल हिन्दु अधिराज्य हुनुपर्ने भनी कुरा गरेको देख्दा मरेको मूर्दा उठेर आएको हो कि भन्ने प्रतित हुँदो रैछ । ‘आत्मरतिमा आनन्द मान्ने र अरुलाई दूर्बल ठान्ने प्रवृत्ति समग्रमा नेपाली कै प्रवृत्ति हो’ भन्ने छाप सर्वत्र नपरोस्भन्ने यो पंत्तिकारको पनि चाहना हो। नेपालमा अहिले राजनीति धर्मीले नागरिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको कुरा उठाएको केवल राजनीतिक स्वर्थलाई संस्थागत गर्नु मात्र हो कि भन्ने भान भइरहेको छ किनकि यसले नागरिकका अधिकारहरुलाई अद्यावधिक गर्ने कार्यमा कुनै सिन्को भाँचेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१