शिक्षण संस्थाका सवारी साधन निर्वाध सञ्चालन गर्न दिने सहमति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १४:०५

बिर्तामोड, ३० असार । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले असार ३१ गतेका लागि आव्हान गरेको आम हड्तालमा शिक्षणसंस्था र शिक्षण संस्थाका सवारी साधन निर्वाध सञ्चालन गर्न दिने सहमति भएको छ । आज बुधवार संवाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामोडमा भएको बार्तामा शिक्षण संस्था र तिनका सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिने तथा आम हड्तालको कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने सहमति भएको हो । सहमतिमा लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका केन्द्रीय अध्यक्ष मिसेकहाङ थाम्सुहाङ, झापा जिल्ला सचिव राज राई, प्याब्सन झापाका तर्फबाट ज्ञानकुमार थलङ र हरिकृष्ण पाठक, एनप्याब्सनका तर्फबाट केन्द्रीय सदस्य धर्मराज माझी तथा सुमन शर्मा जमरकट्टेल र केशव मैनालीले हस्ताक्षर गरेका छन् ।

schoolप्याब्सन तथा एनप्याब्सनका तर्फबाट बर्खेविदाको पूर्वसन्ध्यामा विद्यालयमा परीक्षाहरु सञ्चालन भइरहेकोले शिक्षणसंस्था निर्वाध सञ्चालनका लागि आग्रह गरिएको थियो । बार्तामा झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बन्द, हड्ताल कसैको पनि हित नगर्ने भन्दै बन्द हड्ताल फिर्ता लिन आग्रह गरेका छन् । बार्ताको सहजीकरण राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका सभापति रुपक खनाल तथा संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले असार ३१ गतेका लागि आम हड्तालको आव्हान गरेको हो । आफ्नो मागलाई वेवास्ता गरे बहिष्कार आन्दोलन शुरु गर्ने जनाउँदै सो पार्टीले २०७२ साउन १५ गतेदेखि आइएलओ १६९लाई उपयोग गर्दै लिम्बुवान क्षेत्रको जल, जंगल, जमिन अथवा प्रकृतिक स्रोतको संरक्षण र नियन्त्रण गर्ने आन्दोलन घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१