सर्लाही, ३० असार । नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जीत कर्णलाई आफ्नै कार्यकर्ताले कालोमसी दलेको भन्दैं नेपाल विद्यार्थी संघ सर्लाही जिल्ला समितिले घोर भत्सना व्यक्ति गरेको छ । सर्लाही जिल्ला समितिका सभापति योगराज देवकोटाद्धारा जारी विज्ञप्तीमा संघका अध्यक्ष एवं सभासद रञ्जीत कर्णलाई घर भित्रै पसि अभद्र व्यबहार गरेकोमा घोर भत्सना गर्नुका साथैं जिल्ला समितिले रञ्जितकर्णमाथि अभद्र व्यबहार गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाहि गर्न पनि माग पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । मंगलरबार बिहानै हाँडीगाँउस्थित निवासमा पुगेर नेवि संघकै कार्यकर्ताहरुले कर्णलाई कालोमसी दलेका थिए । खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताएका छन् । कर्णले आफुलाई नेवि संघकै नेता कुन्दन काफ्ले समूहले नियोजित रुपमा आक्रमण गरेको भन्दै काफ्ले सहित सातजना विरुद्ध महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा किटानी जाहेरी दर्ता समेत गराइसकेका छन् ।
प्रतिक्रिया