जहाँ दुलही घोडा चढेर दुलाहा लिन जान्छिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १३:५०

dulahiविश्वका अधिकांश देशमा दुलाहा घोडा वा गाडीमा बसेर दुलही लिन जान्छन् । तर, मेसेडोनियाको राजधानी स्कोपजेमा एउटा परम्परागत विवाहमा दुलाहा होइन, दुलही घोडामाथि बसेर दुलाहा लिन जान्छिन् । केही खास जोडीका लागि सेन्ट पिटर्स डेका दिन परम्परागत विवाह समारोह हुन्छ, जुन तीन दिनसम्म चल्छ ।

विवाह समारोहमा दुलही दुलाहाको घरमा पुगेपछि दुलाहाले परम्परागत नृत्य गर्दै दुलही र जन्तीको स्वागत गर्छ । र, आफ्नो टोपी हल्लाएर उनीहरूलाई घरभित्र आउन अनुरोध गर्छ । त्यसक्रममा दुलहीले इन्गेजमेन्टको औँठीबाट दुलाहाको अनुहार हेर्छे । त्यसैगरी बिहेको एक दिनअघि रातिको समयमा बेहुलाका आफन्तहरू टर्च बोकेर घरको वरिपरि चक्कर लगाउँछन् ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१