चितवन, ३० असार । गतवर्ष लहरका रूपमा आएको पाडापालन व्यवसाय एक वर्षमै असफल भएको छ । सरकारले अनुदान दिने भएपछि व्यवसायको अध्ययन नै नगरी तछाडमछाड रूपमा पाडापालन गरिएको भएपनि राम्रो बजार पाउन नसक्दा व्यवसाय असफल भएको हो ।पूर्वी चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा रहेको आधुनिक कृषि तथा पशुपालन फार्ममा १२५ वटासम्म पाडा पालिएको थियो । फार्मले गत वर्ष रु छ लाख अनुदान रकम लियो । तर, दोस्रो किस्ता लिनुपर्ने यस वर्ष फार्मममा पाडा छैनन् । फार्मका सञ्चालक नारायण खनालले पाडा बेच्न कठिन भएपछि घाटा सहेर पाडा पाल्न छाडिएको बताए । “पाडा हुर्कायो बिक्री हुदैन, के गरी पाल्ने रु” खनालको प्रश्न छ । बारीको अभावमा घास नहुने, मेसिन लगाएका कारण धानको भुस महगो हुने तर पाडा बिक्री नहुने समस्याका कारण तीन वर्षमा रु ३५ लाख नोक्सान व्यहोरेको उनले बताए । बजारभरि भैंसीको मासु बिक्री हुनेहुदा गुणस्तरीय पाडाको मासु महगो पर्ने भएकाले मासु व्यवसायीले पाडा नकिन्ने गरेको खनालले बताए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। रामकुमार कार्कीका अनुसार गत वर्ष जिल्लाका पा“चवटा संस्थाले पाडापालनमा पहिलो वर्षको अनुदान पाएको भए पनि निरन्तरता दिन नसक्दा यस वर्ष दोस्रो किस्ताको रकम एउटा संस्थालेमात्रै पाएको छ । उनका अनुसार गतवर्ष पा“चवटै संस्थाले रु छ÷छ लाखका दरले सरकारी अनुदान पाएका थिए । मापदण्ड पूरा गर्नेले दोस्रो वर्ष रु चार लाख र तेस्रो वर्ष दुई लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ । तर, गतवर्ष अनुदान पाएका यहा“का पा“चवटा संस्थामध्ये बखान सहकारी संस्था शारदानगरले मात्रै पुनःदोस्रो किस्ता अनुदान पाउन सफल भएको छ ।गतवर्ष अनुदान पाएका चैनपुरको आधुनिक कृषि तथा पशुपालन फार्म, पटिहानीको तिमिल्सिना लाइभस्टक फार्म, गीतानगरको अनुशा सप्लायर्स कृषि फार्म र चैनपुरको कङ्काली बाख्रापालन फार्मले पहिलो किस्ता अनुदान पाएर पनि यस वर्ष अनुदान पाउनबाट वञ्चित भएका छन् ।
गतवर्ष १०० वा त्योभन्दा बढी पाडा पाल्ने यी फार्ममध्ये एउटा-दुईवटामा १८-२० वटासम्म पाडा भएपनि अन्यमा गोठ खाली रहेको प्रमुख कार्कीले बताए । गतवर्ष व्यावसायिक ११ वटा फार्मले अनुदान माग गरेको भए पनि हालसम्म आइपुग्दा दुई÷चारवटा फार्ममा मात्र पाडा रहेको कार्यालयले जनाएको छ । प्रमुख कार्कीले हुर्काउ“दा खर्चिलो भएपनि बजारकै अभावमा पाडापालनलाई निरन्तरता दिन नसकिएको किसानले बताएको जानकारी दिए । पाडा बिक्री नभएपछि पूर्वी चितवनको माधवपुरमा रहेको नमुना पाडापालन फार्मले भने दैनिक रूपमा आफैले पाडा काटेर मासु बिक्री गर्दै आएको जनाएको छ । रासस
प्रतिक्रिया