टेलिफोनको सेवा शुल्कमा १ प्रतिशतले बृद्धि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार ११:३१

ntcकाठमाडौं, ३० असार । सरकारले भूकम्पपछिको पुर्ननिर्माणका लागि भन्दै टेलिफोनको सेवा शुल्कमा १ प्रतिशत बृद्धि गरेको छ। हाल टेलिकमहरुले तिर्दै आएको २७ प्रतिशत कर बढेर २८ प्रतिशत पुगेको छ । टेलिकमको शुल्क बढेसँगै त्यसको प्रत्यक्ष मारमा यसका उपभोक्ताहरु पर्नेछन्। यो रकम भुकम्पबाट क्षतिग्रस्त भएका पुरातात्विक र सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने छ । पुननिर्माण सम्पन्न भएपछि यस्तो कर लाग्ने वा नलाग्ने अर्थमन्त्रीले खुलाएका छैनन् । उनले पुनर्निर्माणको काम पाँच बर्षभित्र सक्ने जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१