जानौं विश्वकै लामो र छोटो कारको विषयमा, यस्ता छन् सुविधाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार ११:०६

carयो विश्वकै सबैभन्दा लामो कार हो । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएका हुन्, यसको लम्बाई १ सय फिट रहेको छ । यस कारमा २६ पाङ्ग्रा रहेको छ ।  यसको अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । यसमा स्विमिङ पुल, एक बेडदेखि हेलिप्याडसम्मको सुविधा छ । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् ।

ओहरबर्गको कम्पनी जे ओहरबर्ग स्टार कार्सले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेका छन् । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, यस कारलाई उनले भविष्यमा फिल्म सुटिङका लागि समेत दिन सक्ने बताइएको छ ।

जानौं विश्वकै सानो कारको विषयमा पनि :-
२३ इन्च लामो तथा १४ इन्च चौडाइको कार, त्यो पनि मान्छे चढेरै हिड्न मिल्ने कस्तो पत्ताउन नै मुस्किल । विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो आकारको कार बनाएर चीनका एक व्यक्तिले कीर्तिमान कायम गरेका हुन् ।

small carचीनको सांघाइका ६० वर्षीय जु झियुनले आफ्नै घरमा यो मिनी माइक्रो कार निर्माण गरेका हुन् । आकारमा निकै सानो, खेलौना जस्तै देखिए पनि यो कार पूर्णरुपमा चालु हुन्छ । यसमा पेट्रोल इन्जिनका साथै ब्रेक, गियरबक्स, बत्ती, हर्न तथा साउण्ड सिस्टम समेत राखिएको जनाइएको छ । उनलाई यो कार बनाउन झण्डै दुइ वर्षको समय लागेको थियो । यो कार बनाउन उनले झण्डै २४ हजार रुपैयाँ बराबरको रकम खर्चेका थिए ।

व्यस्त ट्राफिकका बीच पनि जु ले आफ्नो यो कीर्तिमानी घरेलु कार गुडाएर हिँड्छन् । साँच्चिकै यो कार चलाएर हिँड्दा कुनै खेलौना गुडाएजस्तो देखिन्छ । कारको सिट बडी भन्दा बाहिर राखिएको छ भने स्टेरिङ पनि बाहिरै छ । उनले यो गाडी चढेर सडकमा हिँड्दा धेरैले अचम्म मानेर हेर्ने गर्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१