बलिउडमा सिरियल किसरको उपाधी पाएका इमरान हास्मीले आफ्नैं जीवनमा घटेका घटनाहरुलाई पुस्तकमा उतार्ने भएका छन् । अर्थात भनौं अहिले इमरान पुस्तक लेख्दैंछन् । सन् २०१४ मा चार वर्षिय छोरालाई क्यान्सर भएको पत्ता लागेपछि इमरान र उनकी श्रीमती माथि परेको पिडालाई अब इमरानले पुस्तकमा उतार्ने तयारी गरिरहेका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । स्रोतका अनुसार इमरान आफ्नो अनुभव बाँडेर क्यान्सर पीडित र तीनका आफन्तलाई त्यस अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने बुझाउन खोज्ने बताइएको छ । किताब लेखनका लागि इमरानले विषयसँग सम्बन्धित केही अनुसन्धान पनि गरेका छन्। किताबमा उपचारका प्रकार तथा पीडितले खानुपर्ने खानेकुराका बारेमा समेटिनेछ। किताब आगामी वर्षको सुरुवातमा बजारमा आइसक्नेछ।
प्रतिक्रिया