अनेरास्ववियु सर्लाहीद्धारा विभिन्न विद्यार्थीहरु सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १०:०५

sarlahiसर्लाही, ३० असार । नेकपा एमालेको विद्यार्थी संगठनद्धारा सर्लाहीबाट गत एसएलसीमा जिल्लामा प्रथम तथा द्धितीय गर्ने १-१ जना छात्र तथा छात्रा त्यस्तै निजी विद्यालय तथा सरकारी विद्यालयबाट स्कुल प्रथम गर्ने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरेको छ । अनेरास्ववियु सर्लाही जिल्ला अध्यक्ष उज्ज्वल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले के.स रामकुमारी झाँक्रीले प्रमुख अतिथ्यता जनाउनु भएको छ । विशेष अतिथीहरुमा जिल्ला शिक्षा अधिकारी बद्री नारायण शर्मा,एमाले केस लक्ष्मण पौड्याल तथा अतिथीहरुमा अनेरास्ववियु केन्द्रिय सचिव राधीका खतिवडा,के.स.स. आरती लामा त्यसै गरि स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु लगायत रहेका छन । हरिवन नगरपालीका अन्र्तगत रहेको अर्किट ई.बो.स्कुलको प्राङगणमा भएको कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरु तथा अभिभावक तथा स्थानीयबासीको उल्लेख्य मात्रामा सहभागीता रहेको छ ।

प्रतिक्रिया