कालीन्जोर गाविस खु.दि.मु घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १०:०१

himसर्लाही, ३० असार । पछिल्लो क्रममा खुल्ला दिसा मुक्त गाउँ सहर तथा राष्ट्र वनाउने दौडधुप जताततै बढेको छ । सोही क्रममा सर्लाहीको कालीन्जोर गाविस सर्लाही जिल्लाकै चौथो खुल्लाा दिसा मुक्त गाविसको रुपमा आज घोषीत भएको छ । कालिनजोर गाविसमा करिब ९५० घरधुरी रहेको भएता पनि सबै घरमा चर्पी निर्माण भएको छ । श्री नेपाल राष्ट्रिय उमाविको प्राङ्गणामा कालीन्जोर गाविसका सचिव गोविन्दढुंगेलको सभापतिमा भएको कार्यक्रममा सर्लाहीका स्थानीय विकास अधिकारी राम प्रसाद वाग्लेले प्रमुख अतिथ्यता जनाउनु भएको थियो । त्यस्तै खानेपानी डिभीजन कार्यालय सर्लाही मलंगवाका कार्यलय प्रमुख दिपक काफ्लेले अतिथ्यता जनाउनु भएको सामाजीक परिचालीका दिपा देवकोटाले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले चर्पी निर्माण गर्नु मात्रै ठुलो कुरा नभएको तर त्यसलाई प्रयोग कसरी गर्ने भन्ने पनि विचार गर्न सुझाव दिनु भयो । बाग्मती सेवा समाज सर्लाहीको सहयोगमा तथा खाने पानी तथा ससफाई स्वच्छता समन्वय समिती कालन्जिोरको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका गरि उल्लेख्यमात्रामा जनसहभागीता रहेको सामाजिक परिचालीका दिपा देवकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१