तेह्रथुममा थ्रीजी सेवा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७१, शुक्रबार १२:२३

प्रकाश धौलाकोटी
तेह्रथुम/नेपाल टेलिकमले तेह्रथुममा पहिलो पटक थ्रीजी सेवा सुरु गरेको छ । टेलिकमले बढ्दो आधुनिक प्रविधिको प्रयोग गरी दैनिक कार्यसम्पादनमा सहज बनाउन र प्रयोग कर्तामा सुचना साथै प्रविधिमा पहँच बढाउने उद्देश्यले थ्रीजी सेवा  सुचारु गरेको हो । उक्त सेवा तेह्रथुममा विहीबार राती १० बजेबाट मात्र सुरु भएको नेपाल टेलिकम तेह्रथुम शाखाले जनाएको छ । सेवा सुरु भएपछि सदरमुकाम म्याङ्गलुङ्ग सँगै जिल्लाका करिब दुई दर्जन गाविसका सेवाग्राहीहरुले यो सेवा उपभोग गर्न सक्ने नेपाल टेलिकम तेह्रथुम शाखाका प्रमुख शुशीलप्रसाद काफ्लेले बताउनुभयो । यो सेवा सुरु भएसँगै अव सेवाग्राहीहरुले भ्वाइस सेवाका अतिरिक्त भिडियो कल, युटुब लगायत उच्च गतिको डाटा डाउनलोड तथा अपलोड हुने सुविधा उपलब्ध हुने प्रमुख काफ्लेले बताउनुभयो । यो सेवा नेपाल टेलिकमको जीएसएम मोवाइलमा सुचारु गर्न सकिनेछ । सेवा सुचारु गर्न चाहने प्रिपेड र पोष्टपेड ग्राहकले ‘३ जी” टाइप गरी १४०० मा म्यासेज पठाएर सुचारु गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१