काठमाडौँ ,२९ असार । नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन जर्जीयन पर्वतारोहि माईक नेम्सीले पर्वतारोहण गर्ने भएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा भुकम्पपछि पनि नेपालको पर्यटकीय गन्तव्य सुरक्षित छ भन्ने सन्देश अन्र्तराष्ट्रिय समुदायसम्म पुराउने उद्येश्यले नेम्सीले पदयात्रा गर्न लागेको जानकारी दिए । १९९२ मा पहिलो पटक नेपाल घुम्न आएका नेम्सीले १६ जुलाईबाट आफ्नो यात्रा तय गर्ने छन् ।
नेम्सीले अन्र्तराष्ट्रिय समुदायमा सकारात्मक सन्देश पुराउनको लागी महत्वपुर्ण कदम अगाडि सारेको पर्यटन व्यवसायि तथा युनिक एडभेन्चर ईन्टरनेशनल प्रालीका अध्यक्ष खुमबहादुर सुवेदिले बताए ।
उनले नाम्चेबजार, डोले,मार्चिमो, गोकयो रि लेक, गोकीयो रि लगायत ६ हजार ६ सय सतासी मिटर अग्ला हिमालहरुको आरोहण गरी ८ अगस्टमा जर्जीया फर्कने जानकारी दिए ।
नेम्सी ठमेलको युनिक एडभेन्चर ईन्टरनेशनल मार्फत पर्वतारोहणमा जान लागेका हुन् ।
प्रतिक्रिया