आचार्यको शालिकको शिलान्यास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७२, मंगलवार १५:०७

salikकाठमाडौं, २९ असार । २०२ औं भानु जयन्तीका अवसरमा राष्ट्रकवि माधव घिमिरेले राजधानीको शान्तिनगरस्थित बानेश्वर क्याम्पस प्रांगनमा आदिकवि भानुभक्त आचार्यको शालिकको शिलान्यास गर्नु भएको छ । भानु जयन्तीका अवसरमा क्याम्पस परिसरमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले शिलान्या गर्नुभएको हो । सो अवसरमा उहाँले क्याम्पस परिसरमा भानुभक्तको शालिकले विद्यार्थीलाई सृजनात्मक बन्न र साहित्य संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्ने बताउनुभयो । आदिकवि भानुभक्तको अर्धकदको शालिक निर्माण गरिने क्याम्पस प्रमुख रमेश कोइरालाले जानकारी दिनुभयो । भानुभक्तको शालिकको निर्माणलगायतका कार्य पुरा गरी दुई महिनाभित्र शालिक निर्माण कार्य सकिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१