संगीतक्षेत्रमा प्रवेश गर्न चाहानेहरुको भिड यति बेला लामो देखिन्छ । कोहि यस संगीत क्षेत्रमा लागेर केहि गर्ने सोच बनाएका हुन्छन् त कोहिले यो क्षेत्रमा केहि समय विताउनका लागि प्रवेश गरेका हुन्छन् । तर आफुलाई करिब १०/१२ बर्ष देखी संगीतक्षेत्रलाई नै आफ्नो बनाएका एक व्यक्ति हुन् संगीतकार तथा गायक दिलिप केसी । उनले नेपाली संगीतक्षेत्रमा लागेर केहि नयाँ काम गरेर देखाउने सोच बनाएका छन् । उनैं संगीतकार , गायक तथा रेकडिस्ट दिलिप केसीसँग राष्ट्रिय खबरडटकमका सह—सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :-
१.अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले केहि गीतको रेकडिङ कार्यमा व्यस्त छु ।
२.तपाईले गर्ने कामहरु चाहि के के हुन् ?
रेकडिङ गर्छु, कम्पोज गर्छु, संगीत भर्छु र गीतमा आवाज दिने काम गर्छु । साथैं मेरो आफ्नैं ब्यबसाय पनि छ ।
३.बजारमा चाहि कुन कुन् गीतहरु ल्याउनु भएको छ ?
करिब ८/१० बर्ष अगाडी संजोग भन्ने एल्बम बजारमा ल्याएको थिए । साथीहरु सँग मिलेर । अहिले चाहि दुईवटा गीतमा संगीत भरिरहेको छु । गायक राजकुमार देवकोटाको एल्बम अंकुरनमा दुई गीतमा संगीत भरिरहेको छु । र यो गीतको भिडियोको सुटिङ भइरहेको छ । र भिडियोको निर्देशन चाहि शेर बहादुर डिसीले गर्नुभएको छ । र मेरो चाडैं सोलो एल्बम पनि बजारमा आउँछ । साथैं अहिले म कलेक्सन एल्बममा पनि गाइरहेको छु ।
४.कति बर्ष भयो यो क्षेत्रमा लाग्नु भएको ?
ब्यबसायिक हिसाबले हेर्ने हो भने भयो होला १०/१२ बर्ष ।
५.तपाई काठमाडौं चाहि कहाँबाट आउँनुभयो ?
म यहि काठमाडौं मै जन्मिएको हुँ ।
६.तपाईका गीतहरु कुनु कुन बजारमा आएका छन् र दर्शक,स्रोताहरुले झट्ट सम्झने खाल्का गीतहरु कुन कुन् छन् ?
सन्जोग र दमुड २००२ मा मेंले आवाज भरेको छु । र अब विस्तारैं दर्शक, स्रोताहरुले मनपराउने गीतहरु ल्याउदैं छु ।
७. एउटा गीत गाएर, लेखेर अथवा संगीत भरेर यो क्षेत्रमा बाँच्न सकिन्छ ?
गाएर,लेखेर भन्दा पनि गाएर चाहि हिट भयो भने कन्सर्ट लगायतका कार्यक्रममा सहभागी भएपछि बाँच्न सजिलो हुन्छ । नभएर गाए र सिडी बेचेर मात्र बाँच्छु भन्यो भने सकिन्न । यसको अलवा आफ्नो पछाडी अन्य कामहरु पनि गर्दै जानु पर्छ ।
८.एउटा राम्रो गीत चाहि कसरी लेख्न सकिन्छ ?
गीतमा छन्द मिलेको हुनुपर्छ, सुरुवात जहाँबाट गरेको छ र त्यसको अन्त्यसम्म त्यो गीतले केहि कहानी बोकेको हुनुपर्छ, मान्छेको मन छुने हुनुपर्छ । यस्ता गीतहरु नै राम्रो गीत भनिन्छ र यसरी नै लेख्नु पर्छ ।
९.यो क्षेत्रमा पैसाको दमले पनि प्रवेश गर्ने मान्छे छन् होइन ?
संगीतक्षेत्रलाई बँचाउने पनि त्यहि पैसा नै हो । फेरी पैसावालाहरुका कारणले पनि यो क्षेत्रमा टेवा पुगेको मैंले महशुस गरेको छु ।
१०. यो क्षेत्रमा नयाँले प्रवेश गरेपछि पुराना विस्तापित पनि हुन्छन् ?
त्यस्तो हुदैंन । नयाँ आएपछि अझ पुरानाहरु सिनियर हुदैं जान्छन् । समय अनुसार टेस्ट चाहि चेन्ज हुदैं जान्छ तर पुराना गायक, संगीतहरुहरु विस्तापित चाहि हुदैंनन् । नयाँ कलाकारहरु यो क्षेत्रमा आएपनि पुराना गायकहरुको गीतहरु हिट भएका छन् नी ।
११. यहि टेस्ट चेन्जका कारण विकृति पनि फैलिरहेको छ नी होइन ?
यो त यूगको माग हो नी । दर्शक, स्रोताहरुले जे चाहान्न् त्यो दिनै पर्छ त्यसलाई विकृति भन्न मिल्दैंन ।
१२.योक्षेत्रमा लाग्ने व्यक्तिहरु के चिजबाट मारमा परिरहेका छन् ?
पाइरेसी नै हो ।
१३.यसलाई रोकथाम गर्न के गर्नुपर्छ ?
यसलाई रोकथाम गर्न संगीतक्षेत्रको हकहितका लागि लड्ने संघ संस्थाहरुले कडा कदम चाल्नु पर्छ जसले केहि हदसम्म भएपनि यो पाइरेसीको समस्याबाट छुटकारा पाउँन सकिन्छ । तर यो पुर्ण रुपमा बन्द भने हुदैंन ।
१४.गीत,संगीतमा लाग्ने मान्छेले पेट चाहि कसरी पाल्छन् ?
यो क्षेत्रमा मात्रै लागेर चाहि गाह्रो छ । आफ्नो अर्को ब्यबसाय छ भने सजिलो हुन्छ । पेट पाल्न नसकिने होइन तर विलासीका चिजहरु पाउँन सकिन्न । अर्थात सुविधासम्पन्न जीवन विताउँन गाह्रो हुन्छ ।
१५. पछिल्लो समय कलाकार, गायक, गायिकाहरु यो क्षेत्रमा भविष्य नदेखेर विदेशिदै गएका छन् । तपाईले चाहि विदेशिने सोच बनाउनु भएको छैंन ?
मेरो विदेशिने सम्भाबना चाहि खासै छैंन । मेरो काम यहि राम्रो छ म किन विदेशिने र ?
१६.अन्तत केहि भन्न चाहानुहुन्छ ?
अबका दिनमा राम्रा राम्रो गीतहरुमा संगीतका साथैं स्वर दिने छु । र दर्शक, स्रोताहरुले पनि माया दिदैं जानुहोला भन्न चाहान्छु । सधैं नेपाली गीत, संगीतलाई माया गर्दिनुहोला । नयाँ कलाकारहरुलाई पनि प्रोत्साहन दिदैं जानुहोला ।
प्रतिक्रिया