काठमाडौं, २९ असार । आगामी शरद ऋतुको पर्यटकीय याममा यसअघि अपेक्षा गरिएको पर्यटक संख्याभन्दा एक तिहाई आउने प्रक्षेपण पर्यटन व्यवसायीहरुले गरेको छन्। पर्यटक धेरै आउने केही पश्चिमा देशले आफ्ना नागरिकलाई नेपालमा यात्रा गर्न जाने सुझावलाई खुकुलो बनाइदिएपछि त्यति पर्यटकहरु आउने अनुमान गरिएको हो। नत्र भूकम्पपछि पर्यटक आगमन लगभग शून्यमा झरेको थियो भने कतिपय देशले नेपालमा भ्रमण गर्न असुरक्षित हुन सक्ने भन्दै यात्रा सुझाव जारी गरेका थिए। खासगरी अमेरिका, ब्रिटेन र न्युजिल्याण्ड जस्ता देशले भूकम्पपछि नेपालको यात्राबारे जारी गरेको कडा सुझावलाई केही खुकुलो पारिदिएपछि पर्यटकहरुको आगमन बढ्ने व्यवसायीहरुले अनुमान गरेका विविसिले जनाएको छ ।
प्रतिक्रिया