उत्तर पुस्तिकामा एक विद्यार्थीले लेखे -‘फेल नगर्नुहोला नत्र आत्महत्या गर्छु’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७२, मंगलवार ११:०५

’सर कृपया मलार्इ फेल नगर्नुहोला, मलार्इ पास गरिदिनुस्’… यस्तै सन्देश लेखिएको उत्तर पुस्तिका भारतको उत्तर प्रदेश बोर्ड परीक्षा कार्यालयमा आएको छ । विज्ञान विषयको उक्त उत्तर पुस्तिकामा छात्राले कपी जाँच गर्ने शिक्षकलार्इ यो गुहार लगाउँदै आफूलार्इ कुनै हालतमा फेल नगर्न पनि ती विद्यार्थीले भनेका छन् । लखनऊका शिक्षक सरोज उपाध्यायले कपी जाँच्ने क्रममा यस्ता सन्देशयुक्त दर्जनौं उत्तर पुस्तिका भेटिएका हुन् । शिक्षक सरोजका अनुसार उत्तर पुस्तिकामा लेखिएका विद्यार्थीका सन्देश पढेर हाँसो थाम्नै नसकिने अवस्था छ ।

examत्यति मात्रै होइन केही कपीमा जाँच्ने शिक्षकलार्इ धम्कीसमेत दिने गरिएको छ । जसमा एक छात्रले यदि उसलार्इ फेल गरियो भने आफूले आत्महत्या गर्ने समेत धम्की दिएका छन् । सरोजका अनुसार उत्तरपुस्तिकामा यस्तो समेत लेखिएको छ, ‘कृपया मलार्इ फेल नगर्नुस, मेरो बिहेको टुंगो भएको छ । यदि बिहे हुनुअघि मेरो रिजल्ट आएर म फेल भएँ भने मेरो बिहे नै टुट्नेछ ।’ अर्को उत्तरपुस्तिकामा प्रश्नको जवाफ दिनुको साटो ट्विंकल ट्विंकल लिटिल स्टार समेत लेखिएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरपुस्तिका जाँच्ने शिक्षकहरुका अनुसार धेरै पटक यस्ता सन्देश लेखिएका कपी भेटिने गरेका छन् । यस्ता सन्देश लेखिएका कापी हेर्दा विद्यार्थीको भविष्यका लागि यो खतराको सूचक रहेको भारतीय शिक्षाविदहरुको भनाइ छ । यो समस्यासँग जुध्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१