विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक आयरल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ । नर्दन आयरल्याण्डको बेलफास्ट सोमबार बेलुकी भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १४ ओभर ३ बलमै सबै विकेट गुमाएर केवल ५३ रन मात्र जोड्न सक्यो । तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए । पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो । यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो । यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
प्रतिक्रिया