पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनसँग एक पहेली लीलामा काम गरिसकेका अभिनेता रजनीश दुग्गलले सनीको निकै खुलेर तारिफ गरेका छन् । उनले एक अन्तरर्वार्ताको क्रममा भने -‘सनी लियोन निकै मेहनती यूवती हुन् । उनी आफुले पाएको कामको निकै जिम्मेवारी पूर्वक काम गर्छिन ।’ उनले अगाडी थपे -‘सनीसँग अहिले म चलचित्र बेईमान लवमा काम गरिरहेको छु । उक्त चलचित्र निकै रोमान्टिक छ ।’ त्यहि क्रममा उनले अभिनेत्री राखी सावंत र सनी लियोन विचको सम्बन्धको विषयमा पनि मुख खोलेका छन् । केहि समय अगाडी अभिनेत्री राखी सावंतले सनी लियोनले आफुलाई छोटो-छोटो कपडा लगाउन बाध्य बनाएको भन्ने खबर झुटो रहेको अभिनेता रजनीशले अन्तरर्वार्ताको क्रममा बताए । उनले भने -‘मैंले राखी र सनीसँग काम गरिसकेकी छु, तर उनीहरुले एक अर्काको कुरा काटेको र नराम्रो बोलेको आजसम्म सुनेको छैंन । उनले भने मलाई लाग्छ उनीहरु विच नराम्रो सम्बन्ध छैंन किनकी उनीहरु मिल्ने साथी हुन ।’
प्रतिक्रिया