सर्पदंशका बिरामी बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७२, मंगलवार १०:२६

वीरगन्ज, २९ असार । बढ्दो गर्मीका कारण यहाँका अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ । वीरगन्जको नारायणी अस्पताललगायतका क्षेत्रमा सर्पदंशका बिरामीको चाप बढेको हो । अहिले दैनिक ३० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिए । उहाँले पर्सासहित यस आसपासका सर्वसाधारण उपचारका लागि आउने गरेको बताउनुभयो । नारायणीसहित अन्य निजी तथा सामुदायिक संस्थामा पनि बिरामीको चाप बढेको छ ।
विशेषगरी वर्षायामको समयमा जमिनको सतहमा सर्प आउने भएका कारण पनि सर्पदंशका बिरामी बढ्ने गरेको पाइएको हो । अस्पतालमा दैनिक बिरामीको चाप बढेपछि औषधिको समेत अभाव भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१