राष्ट्रिय सेवा प्रद्रायकको कारण सुनौलो हजार दिन कार्यक्रम प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार १९:११

kiran thapaप्रविण टिबडेवाल/ रौतहट २८ आसार ।
देशका १५ जिल्लामा संचालित सुनौलो हजार दिन कार्यक्रम रौतहटमा असफल हुने अवस्थामा पुगेको छ ।
जिल्ला विकास समितिको कार्यालय मार्फत संचालनको व्यवस्था भएता पनि राष्ट्रिय सेवा प्रदायकको लापारवाही, ढिलासुस्ती तथा भ्रष्ट प्रवृतिका कारण रौतहटबाट सो कार्यक्रम विस्थापित हुने अवस्थामा पुगेको छ ।
विश्व वैंकको सहयोग तथा ऋणमा विपन्न तथा सिमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुलाई पोषण प्रदान गर्ने उद्देश्यले रौतहटको १२ वटा गाविसमा करिब डेढ वर्ष देखि संचालित सुनौलो हजार दिन आयोजनाले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्न मद्दत गर्दछ । रौतहटको २४ वटा गाविसमा कार्यक्रम संचालनको लागि जिम्मेवारी पाएको पूर्नजागरण समाज छिमेकी संगठनका कारण सो कार्यक्रम विस्तापित हुनु दुर्भाग्यपूर्ण रहेको स्थानियले बताएका छन् ।
राष्ट्रिय सेवा प्रदायकका रौतहट जिल्लाका सुपरभाइजर किरण थापा कार्य क्षेत्र छनौटमा आफू खुशी हेरफेर गर्ने गरेको कारण विवाद उत्पन्न भएको बुझिएको छ । समुदायले उल्लेखित १५ वटा विशेष कार्यक्षेत्र मध्ये सय दिने कार्यक्रमको लागि एउटा विशेष कार्यक्षेत्र रोज्ने प्रावधान रहेता पनि समुदायले रोजेको विशेष कार्यक्षेत्रलाई वेवास्ता गर्दै आफूखुशी कार्यक्षेत्र राख्ने गरेको आरोप गाविस गम्हरीया पर्साका स्थानिय बासिन्दाले लगाएका छन् ।
समुदायमा कोचको समन्वय नहुंदा कार्यक्रम संचालनमा विवाद आउंदा समेत राष्ट्रिय सेवा प्रदायक मौन भएर बस्दा समस्या जटिल भएको छ । सुपरभाइजर थापा सुनौलो हजार दिन आयोजना अन्तर्गत संचालन हुने तालिममा प्रशिक्षक भई समुदायमा उपस्थिति हुने तथा प्रशिक्षक भत्ता लिनमा व्यक्त रहने गरेका कारण कार्यक्रम राम्ररी हेर्न नसकेको आरोप स्थानीय बासिको रहेको छ ।
गाविस गम्हरीया पर्सा तथा गाविस कोपवा पिपरीयामा विवाद आएपछि कोच हेरफेर तथा विवाद साम्य पार्ने जिविस रौतहटले बारम्बार राष्ट्रिय सेवा प्रदायक संस्थालाई आग्रह गर्दा समेत राष्ट्रिय सेवा प्रदायक संस्था कानमा तेल हालेर सुतेका कारण विवाद चरम सिमामा पुगेको तथा दोश्रो र तेश्रो किस्ताको रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।
राष्ट्रिय सेवा प्रदायकले आफ्ना कोचहरुलाई नियमित रुपमा तलब नदिने गरेको तथा तलब दिदा १५ प्रतिशत कटा गरी दिने गरेको कारण कोचहरुको समुदायमा काम गर्ने मनोबल कम हुंदै गरेको एक कोचले बताएका छन् । पूर्नजागरण समाज छिमेकी संगठनले १३ महिनको भरपाई गराएर १२ महिनाको तलब दिने राष्ट्रिय सेवा प्रदायकका कोचहरु पीडित रहेको उनीहरुले बताएका छन ।
समुदाय, गाविस तथा जिविस संग समन्वय गरी कार्यक्रम प्रभावकारी रुपमा चलाउने जिम्मेवारी पाएका राष्ट्रिय सेवा प्रदायकले आफ्नो गल्ती तथा कमी कमजोरी जिविस रौतहट माथि थुपारी आफू स्वच्छ बन्न खोजेका अवस्था रहेको छ । रौतहटमा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न राष्ट्रिय सेवा प्रदायकको नविकरण नगरी अर्काे राष्ट्रिय सेवा प्रदायक छनौट गर्न आजको आवश्यकता रहेको स्थानियको मांग रहेको छ ।
सुनौलो हजार दिन आयोजनामा कमिशनको चलखेल कतिको छ भनेर जिविस रौतहटका निमित स्थानीय विकास अधिकारी मुक्तीराम भटराई लाई सोध्दा एक पैसा कमिशन कसैले नमागेको तथा मागेको खण्डमा समेत नदिन लक्ष्य टोलीलाई आग्रह गरेका छन । लक्ष्य टोलीले समयमा बील भरपाई पेश नगरकै कारण दोश्रो÷तेश्रो किस्ता निकासा नगएको तथा पहिलो किस्ता समेत आफ्नो कार्यकालमा गएको बताए ।
सुनौलो हजार दिन कार्यक्रम सफल पार्न आयोजना ले दिएको लक्ष्य पुरा गर्न जिविस रौतहट तयार रहेको बताउदै निमित स्थानीय विकास अधिकारी भटराईले बिल भर्पाई पेश गर्ने गाविसहरुलाई दोश्रो किस्ता निकासा हुने बताएका छन ।
कार्यक्रम संचालन तथा निकासा फछयौटमा जिविस रौतहटका फोकल पर्सन सुभाष ठाकुरले कमिशन मागेको आरोप खेप्दै आएका ठाकुरको विषयमा सम्बन्धित गाविसका कोचहरु संग बुझ्दा ठाकुरले कमिशन मागेको आरोप निराधार रहेको बताएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१