प्रहरीले सुरक्षा दिन नसकेको भन्दै यातायात ठप्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार १४:४९

bandaपोखरा, २८ असार । पृथ्वी राजमार्गमा सञ्चालित सवारी साधानलाई प्रहरीले सुरक्षा दिन नसकेको भन्दै बस व्यवसायीले यातायात ठप्प पारेका छन् । गत शुक्रबार बुटवलवाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५१४७ नम्बरको बसको ठक्करबाट मृत्यु भएका स्याङजा वालिङका सन्तोष गुरुङका आफन्तले व्यवसायीमाथि अनावश्यक दबाव सृजना गरे पनि प्रशासनले कुनै पहल नगरेको उनीहरुको आरोप छ । आफन्तले अनावश्यक रकम माग गरेको, समितिको वालिङ काउन्टर बन्द गरेको, पृथ्वी राजमार्गका बसहरुलाई निशाना बनाएको आरोप लगाउदै व्यवसायी आन्दोलित भएका हुन । मृतकलाई विमा बापतको ५ लाख रुपैयाँ दिन व्यवसायी सहमत भएपनि आफन्त र प्रहरीबाट समेत थप रकम मागिएकाले समस्या भएको समितिका महासचिव योगेन्द्र केसीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१