सुनसरी, २८ असार । कागजपत्रबिना १४ जना बालकलाई भारतको देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा प्रहरीले चारजना लामालाई नियन्त्रणमा लिएको छ ।
इटहरी उपमहानगरपालिका–८ बसपार्कमा आइतबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट धरानतर्फ जान लागेको ना ५ ख ५५८० नम्बरको बसलाई जाँच गर्दा आठदेखि १३ वर्ष उमेर समूहका १४ जना बालकलाई बिना कागजपत्र भारतको देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बालकलाई शिव नेपाल बालआश्रम विराटनगरमा पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया