फेसबुकको नयाँ फ्रेन्ड आइकन सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ११:४९

एजेन्सी ।  फेसबुक डिजाइनर कैटलिन विनरले आफूले तयार पारेको नयाँ फ्रेन्ड आइकन सार्वजनिक गरेकी छन् । नयाँ सन्देश दिनका लागि यस्तो गरेको डिजाइनर विनरले बताइन् । उनले बनाएको नयाँ आइनकनलाई अब मोवाइल, एप्स् र डेक्सटपमा देख्न सकिन्छ । पुरानो आइकनमा पुरुषलाई अग्रभागमा राखिएको थियो तर अब महिलालाई अगाडिको भागमा राखिएको छ । नयाँ आइकनमा पुरानो आइकनमा भन्दा अरु कुराहरु पनि भिन्न देख्न पाइन्छ । जस्तै, यसमा पुरुषको कपाललाई नरमरुपमा देखाइएको छ भने काँधलाई अलि फराकिलो पारिएको छ ।

friयसैगरी महिलाको कपाललाई पनि यस अघिको आइकनमा भन्दा अदि राम्रो र चिटिक्क पारेर राखिएको छ । यदि तपाईले अलिकति ध्यान दिएर हेर्नु भयो भने अन्य फरकहरु पनि देख्न सक्नुहुन्छ । अर्थात् नयाँ आइकनको किनारा अलि तिखो देखिन्छ भने यसको चौडाइ पनि पहिलाको भन्द बढी नै देखिन्छ । पुरुषवादी बिम्बहरुले महिलालाई सधैं ओझेलमा पारेकोले नारीवादी आइकन सार्वजनिक गरेको विनरले बताइन् । उनले भनिन्, ‘एउटा महिला भएको नाताले यस अगाडि प्रयोग भएको आइकनमा रहेको पुरुषवादी बिम्बको अर्थ बुझ्न मलाई कुनै कठिनाइ भएन ।’ बिम्बले महिलालाई पुरुषको छायाँमा पारेको र महिलाहरु कुनै पनि हालतमा अगाडि आएर नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई संकेत गरेको उनको बुझाइ छ । ‘त्यस कारण महिला पनि नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिन फेसबुकमा नयाँ आइकनराख्ने निर्णय गरें,’ उनले थपिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१