काठमाडौं, २८ असार । गिरिजाप्रसाद कोइराला स्मृति भवन शिलान्यासका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासहित चार दलका शीर्ष नेता सोमबार झापा जादैंछन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार झापा जान लागेका हुन् । जग्गाको छनौटका सम्बन्धमा लामो विवादपछि प्रस्तावित सभागृह निर्माणका लागि झापाका राजनीतिक दलबीच गत बिहिबार सहमति भएपछि व्यवसायिक भवनसहितको सभागृहको शिलन्यास गर्न लागिएको हो । चन्द्रगढीको विद्युत् प्राधिकरण कार्यालय पूर्वको खाली जमिनमा प्रस्तावित सभागृहको स्थानका बिषयमा एक महिना यता कांग्रेस बाहेकका दलले आपत्ती जनाउँदै आएका थिए ।
प्रतिक्रिया