गोसाईं कुण्ड मेला सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७१, शुक्रबार ०५:५८

धुन्चे (रसुवा) १६ जेठ ।  गङ्गा दशहरा पर्वमा लाग्ने पवित्र तीर्थस्थल गोसाईं कुण्ड मेला भर्नका लागि भक्तजनको आगमन सुरु भएको छ। भोलि जेठ १५ देखि २५ गतेसम्म १० दिन लाग्ने विशेष मेलाअन्तर्गत कुण्डमा स्नान गरी पूजाआजा गर्न सयौं भक्तजनहरू सुलादी पर्वको उकालो पैदल यात्रा सुरु गरिसकेको स्थानीय व्यवसायीले बताए। index1

समुद्री सहतबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक पौराणिक कुण्ड पुग्न काठमाडौंबाट करिब आठ घन्टाको मोटर यात्रा र दोस्रो दिन पैदल यात्राबाट गोसाईं कुण्ड पुग्न सकिने भएपनि उच्च भागमा जानुपर्ने भएकाले एक दिन बाटोमा बास बसी दोस्रो दिन कुण्ड पुगेर धुन्चे फर्किने चलन रहिआएको छ।
हिउँदको सफा मौसम भएका कारण यसवर्षको गङ्गा दशहरा पर्वमा तीन हजारभन्दा बढी भक्तजन गोसाईं कुण्ड पुग्ने अनुमान छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले पवित्र तीर्थस्थल गोसाईं कुण्ड आउने भक्तजनका लागि यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१