मुक्त कमलरीलार्इ प्राविधिक शिक्षा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार १०:०६

कञ्चनपुर, २८ असार । दातृ निकायको सहयोगमा कञ्चनपुरका चार जना मुक्त कमलरीले प्राविधिक शिक्षा पढ्ने मौका पाएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्थाले सञ्चालन गरेको कमलरी प्रथा उन्मूलन परियोजनाअन्तर्गत दुई जनाले सामान्य चिकित्सा (एचए), एक जनाले जेटिए र स्टापनर्स पढ्दै आएका छन् । संस्थाले चारै जनालाई पढ्नका लागि आवश्यक शुल्क, कोठा भाडा, शैक्षिक सामग्री र खाना खर्चबापतको रकम व्यहोर्दै आएको परियोजनाका अधिकृत हिक्मत दमाईंले बताए ।
सामान्य चिकित्सा पढ्दै आएका भीमदत्तनगरपालिका–२ उल्टाखामकी राजकुमारी चौधरी र देखतभूली–१ चाँनदेउकी पार्वती चौधरीलाई पढ्नका लागि शुल्क मात्रै संस्थाले रु चार लाख व्यहोर्दै आएको उनले बताए । दुवै जना फारबेस्ट स्कुल अफ मेडिसिनमा महेन्द्रनगरमा दोस्रो वर्षमा अध्ययनरत रहेका छन् ।

kamlaयसैगरी, संस्थाकै सहयोगमा अनाकरकली रानाले जेटिए र शर्मिला चौधरीले स्टाफनर्स पढ्दै आएका छन् । दुवै जनाको वार्षिक झन्डै रु दुई लाख बढी मासिक शुल्कबापतको खर्च संस्थाले उपलब्ध गराउने व्यवस्था गरेको छ “चारै जनालाई कोठा भाडाबापत मासिक रुपमा तीन हजार ६ सय र शैक्षिक सामग्रीबापत तीन हजार संस्थाबाट उपलब्ध गराउने व्यवस्था छ ।” अधिकृत दमाईंले भने । सामान्य चिकित्सा पढ्दै आउनुभएकी राजकुमारी चौधरीले परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले पढन सक्ने अवस्था थिएन संस्थाको सहयोगमा पढ्ने मौका पाएको बताए । “पढ्ने मौका दिएर संस्थाले गुन लगाएको छ” उनले भने । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१