सन्दिप कुमार
बाँके ,२८ असार । मध्य तथा सुदुरपश्चिम जिल्लाका अधिकांस क्षेत्रमा डुबान पीडितको अवस्था चिन्ताजनकको साथै दर्दनाक रहेको राष्ट्रिय मानव अधिकार आयोगले निस्कर्ष निकालेको छ । विभिन्न क्षेत्रको अनुगमनपछि आईतबार नेपालगन्जका विभिन्न सरोकारवालासँगको अन्तरक्रियामा आयोगका पदाधिकारीले बाढीबाट असुरक्षित रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएका छन । आयोगका सदस्य द्वय मोहन अन्सारी र गोविन्द पौड्यालको नेतृत्वमा बाँके , बर्दिया , कैलाली र कञ्चनपुर लगायत जिल्लामा अनुगमन पछि टोलीले सो क्षेत्रका स्थानीयले बर्षातमा भोग्दै आएको डुबान तथा कटानको समास्या समाधान गर्न सरकारको ध्यानकार्षण गराएको छ । भारत सरकारले सन् १९९९ निर्माण गरेको कलकलवा मार्जिनल तटबन्धनका कारण बाँकेको राप्तीपारीका होलिया , बेतहनी, फत्तेपुर, गंगापुर, बनकट्टी, र मटेहिया गाबिसका स्थानीयले डुबान, काटन र पटानको समास्या झेल्दे आएका छन् । भारत सरकार बाटै कञ्चनपुरमा निर्माणधीन सीमामा सडकका कारण बर्षातमा सो क्षेत्रका स्थानीयबासीहरुले ठुलो समास्या भोग्दै आएको अनुगमनका क्रममा पाईएको आयोगले जनाएको छ ।
अनुगमनका क्रममा स्थानीयले आयोगको टोली समक्ष डुवान, काटन र पटानका कारण हाल सम्म बाँकेमा १२ हजार ३ सय ४० घर र ६ हजार भन्दा बढी नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित भएको तथा प्रत्येक वर्ष वर्षामा डुडुवा खोलाले ४ हजार बिघा जमिन उत्पादन अयोग्य गराउने गरेको जानकारी गराएको थिए । हाल सम्म डुवानका करण १५ जनाको मृत्यु भएको छ । समास्या समाधानका लागि गठित समितिले आयोगको अनुगमन टोली समक्ष राप्तीपारी नदीको दुवै तर्फ स्थायी तटबन्धन निर्माण गर्नुपर्ने , बाढी प्रभावित समुदायमालाई भारतीय सरकारबाट क्षतिपुर्ति दिलाउन तत्काल पहल गर्नुपन लगायतका माग राखेका थिए । भारतीय एस.एस.बिका अधिकारीहरुले प्यारा ताल माथि वर्चस्व कायम गरी नेपाली लाई आवत जावतबाट वञ्चित गराएको भन्दै आयोगले तत्काल यस्तो कार्य रोक्न सरकारको ध्यानकार्षण गराएको छ । लक्ष्मणपुर बाँध संघर्ष समिति बाँके र कञ्चनपुका सीमा क्षेत्रका संघर्ष समितिका पदाधीकारीले समास्या समाधानका लागि पहल गरिदिन भन्दै आयोगको केन्द्रिय कार्यालय पुल्चोकमा डेलिगेशनमा आएपछि समास्यको वास्तविकता बुझ्न आयोगका द्वय सदस्य मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालाई बाढी प्रभावित क्षेत्रमा खटाएको हो । आयोग अब पुर्व मेची सम्मका सिमावर्ती क्षेत्रमा स्थलगत निरिक्षणमा पुग्ने सदस्य पौडेलले जानकारी दिए । सदस्यद्धय अन्सारी र पौडेल सम्मिलित टोली ६ दिन अघि स्थलगत निरिक्षणका लागि नेपालगन्ज आएको हो ।
प्रतिक्रिया