काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिने आर्ट भिडियो प्रशिक्षण सम्पन्न भएको छ । शनिवारबाट शुरु प्रशिक्षणमा करिब ५० जना प्रशिक्षार्थी सहभागी थिए । दुईदिने प्रशिक्षणका क्रममा सुदर्शन विक्रम राणाले आर्ट भिडियोको नेपाली ईतिहास देखि हाल सम्मको स्थिती को बारेमा चर्चा साथै कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी कृति जनार्धन जोशीले आर्ट भिडियोको प्राविधीक विषय तथा सम्पादनको विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी क्यामेराम्यान तथा भिडियो सम्पादक कमल प्रसाईले आर्ट भिडियो किन, कसरी र के का लागि तयार गरिन्छ ?, सामन्य देखि जटिल स्रोत र साधनबाट कसरी सर्ट भिडीयो बनाउने लगायतका प्राविधिक विषय र उपयोगिताका विषयमा सहजिकरण गरेका थिए ।
प्रतिक्रिया