अन्तराष्ट्रिय खेलमा योङ्गचेनको सफलता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ०६:३१

काठमाडौँ । नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रर्दशनीमा नेपालकी योङ्गचेन शेर्पा प्रथम भएकी छिन् । कोरियाको मुजु तेक्वादो पार्कमा सम्पन्न खेलमा इण्डिया, पाकिस्तान र चाइनीज खेलाडीलाई पराजित गर्दै उनी प्रथम हुन सफल भएकी हुन् ।

योङ्गचेन काठमाण्डौंको ह्रवाईट फिल्ड स्कुलमा कक्षा आठमा अध्ययनरत छिन् । यसैगरि जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्रवाईट फिल्ड स्कुलकै आर्यन खड्की भने तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

क्रेशा थाइल्याण्डकी खेलाडीसँग र एजेलिया चाइनीज खेलाडीसँग र आर्यन फान्सका खेलाडीसँग पराजित भएका हुन् । ६५ देशका खेलाडीको सहभागिता रहेको शो प्रर्दशनीमा नेपालवाट चार स्कुले खेलाडीले सहभागिता जनाएका थिए ।

नेपाली खेलाडीले भने स्वाइपिङ्ग र पुम्से विद्यामा प्रतिस्पर्धा गरेका हुन् । कडा प्रतिस्पर्धाकाबीच भएको यो जितले नेपाललाई विश्व सामु परिचित गराएको प्रशिक्षक अनिश महर्जनले बताए । यो जितसँगै नेपालमा तेक्वान्दो खेलप्रति झनै आकर्षण बढ्ने उनको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१