विश्व पर्वतारोही पण्डितलाई राखेपको २५ हजार सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ०६:२२

11739569_10207516429288050_1431728020_n

काठमाण्डु, २८ असार   । नेपालका सर्वाधिक लामो दुरीका म्याराथुन धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई आइतवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले २५ हजारउपलव्ध गराएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल मनास्लु लगाएत ६ महादेशका सर्वोच्च शिखरहरुको आरोहण एवं अनुभव संगालेका पण्डितले अव एसियाकै इरान स्थित सर्वोच्च ज्वालामुखी पहाड तथा अन्टान्ट्रिका महादेशको माउण्ट भिन्सन आरोहण गर्ने अभियानमा रहेका छन् ।

उनलाई आरोहण सफलताको सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको हो । कार्यक्रममा सदस्य सचिव विष्टले पण्डितजस्तो इतिहासीक व्यक्तिलाई राखेपले सदैव संरक्षण र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१