‘पर्यटनलाई प्रवद्र्धन गर्न सकेका खण्डमा राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने : अध्यक्ष कार्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ०५:५२

DSC06465काठमाडौं,२८  असार । नेपाल अमेरिका पर्यटन पत्रकार संघ(नाट्जा)का पदाधिकारीहरुले प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीलाई भेटेर संघको भावी गतिविधि सम्बन्धमा जानकारी गरायो । संघका तर्फबाट महासचिव दिवस पोख्रेलले नेपालको पर्यटन प्रवद्र्धनमा विदेशी पत्रकारहरुलाई सहभागिता गराउँनु पर्ने विचार राख्नु भएको थियो ।

महासचिव पोख्रेलले नेपाल भ्रमणका लागि विदेशी पर्यटकहरुलाई सुरक्षित गन्तव्य भएको जानकारी गराउन नेपाल सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताउँनु भयो । उक्त अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले पत्रकारिता क्षेत्रमा विशेषज्ञको खाँचो खड्किएको बेला पर्यटन पत्रकारिताको आवश्यकता भएको बताउँनुभयो ।

‘पर्यटनलाई प्रवद्र्धन गर्न सकेका खण्डमा राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्नेछ’, अध्यक्ष कार्कीले भन्नुभयो, ‘पर्यटकहरु दुई ठूला राष्ट्रको बीचमा रहेको सुन्दर देशको अवलोकन गर्न आउने वातावरण बनाउन सकेका खण्डमा मात्र पनि देशको आयश्रोत मजबुद हुन्छ ।’ पर्यटन पत्रकारितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न सक्नुपर्ने विचार राख्नु हँुदै अध्यक्ष कार्कीले विधा–विधाका पत्रकारितालाई प्रेस काउन्सिल नेपालले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका तर्फबाट का.वा. अध्यक्ष लक्ष्मण लम्सालको नेतृत्वमा महासचिव दिवस पोख्रेल, सदस्यद्वय पंचबहादुर तामाङ र मुकुन्द ढुंगानाको उपस्थिति रहेको थियो ।DSC06467

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१