पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको ठूलो भूमिका : महेश बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार २०:३२
  • काठमाडौं, २७ असार ।  उद्योग मन्त्री महेश बस्नेतले भूकम्पबाट क्षतिग्रस्त पर्यटनलगायतका उद्योग क्षेत्रका लागि सहुलियतपूर्ण ऋण (सफ्ट लोन) को व्यवस्था गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)द्धारा सञ्चालित पर्यटनमा खोज पत्रकारिता तथा भूकम्पपछिको पर्यटन पत्रकारिता कार्यशाला गोष्ठीको समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

aमुलुकलाई सम्बृद्ध बनाउन खोज पत्रकारिता एक मात्रै कडि भएकोसमेत उहाँको भनाइ थियो । अहिलेको सार्वजनिक भएको संविधानको मस्यौदा निजी क्षेत्रमैत्री भएन कि भन्ने कुरा उठिरहेको प्रसंग जोड्दै मन्त्री बस्नेतले भन्नुभयो–‘लिखित रुपमा सुझाव सल्लाह दिनुस् । तपाईहरुको तीनै सुझावहरुलाई समेटेर सबैको भावनालाई कदर गर्ने संविधान ल्याउछौं ।’

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले नेपालको पर्यटनलाई अघि बढाउन निजी क्षेत्रको अतुलनीय योगदान रहेको भन्दै भूकम्पबाट ग्रस्त पर्यटन उद्योगलाई अघि बढाउन अझ बढि पहलकदमी अघि बढाउनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाह भइरहेको स्मरण गर्दै यसलाई चिर्नको लागि पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य हिस्सेदारी निकाय विभिन्न अवरोहआरोहबाट अहिलेको अवस्थामा आइपुगेको भन्दै सापकोटाले यसको माध्यमबाट निजी क्षेत्रमैत्री बनाउन आफु जहिले पनि लागिरहेकोसमेत बताउनुभयो ।b

नेपाल पर्यटन बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले नेपालको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको ठूलो भूमिका रहेको भन्दै यसको लागि सत्य, तथ्यपरक समाचार सम्प्रेशन गर्नुपर्ने बताउनुभयो । भूकम्पलाई नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्ने एउटा सुवर्ण अवसरको रुपमा उपयोग गर्न सक्नुपर्ने बताउँदै उहाँले यसको लागि पर्यटन पत्रकारिताको अहम भूमिकाको खाँचो औल्याउनुभयो ।
राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले देशको पर्यटन विकासका लागि सामुहिक एकता आवश्यक रहेको बताउनुभयो ।

समापन समारोहमा मन्त्री बस्नेतले तालिममा सहभागि एक सय जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त कार्यक्रमको संयोजकको रुपमा प्रकाश खालिङ रहनुभएको थियो । तालिममा बरिष्ठ पत्रकार उजिर मगर, पर्यटन विद् रविजंग पाण्डे, दिपक महत र प्रो. प्रवलराज पोखरेल प्रक्षिकको रुपमा रहनुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१