पत्रकार महासंघ सर्लाहीद्धारा प्रेस स्वतन्त्रतालाई कैद गरेको ठहर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार १६:०५

एस.पी.गौरब
patracarसर्लाही, २७ असार । नेपाल पत्रकार महासंघ सर्लाहीको अगुवाईमा आज सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी षड्कुमार पोख्रेलमार्फत संविधान सभालाई ध्यानकार्षण पत्र बुझाईएको छ । संविधानको मस्यौदामा प्रेस स्वतन्त्रतालाई वेवास्था गर्नुको साथै पहिलाको प्रेस अधिकार समेत खोसीएको भन्दै नेपाल पत्रकार महासँघ सर्लाहीका अध्यक्ष अमन कोईरालाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र बुझाईएको नेपाल पत्रकार महासँघ सर्लाहीका अध्यक्ष कोईरालाले जानकारी दिनु भयो । उहाँका अनुसार पहिलाको प्रेश अधिकार खोसीएको र अहिलेको मस्यौदाले प्रेश स्वतन्त्रतालाई कैद गरेको भन्दै प्रेश स्वतन्त्रताको नमुना तथा संसोधन सहितको ज्ञापन पत्र निप्रजिअ पोख्रेलमार्फत संविधान सभालाई बुझाईएको हो । कार्यक्रममा सर्लाही भित्रका विभिन्न पत्रकारहरुको सहभागीता रहेको हाम्रा सहकर्मी मनोज बख्रेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१