वर्षाले नेपाल र नामिबियाको खेल रद्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार १३:५१

टि–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आइतबार नेपाल र नामिबिया बीचको खेल वर्षाले रद्ध भएको छ । पटक पटक वर्षाले खेल बिथोलेपछि खेल रद्द पारेको हो । उत्तरी आयरल्यान्ड स्थित स्टोरमोन्टमा तीन पटक खेल वर्षाले अवरुद्ध पारेपछि दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ । प्रतियोगिताको तीन संस्करण खेल्दै गरेको नेपाल पहिलो पटक वर्षाका अगाडी नतिजा बिहीन हुन परेको हो । नेपालले यसअघि २० खेलमा १२ जीत र ८ पराजयको नतिजा निकालेको थियो ।

nepalसमूह ‘ए’ मा नेपाल ३ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने जर्सी र आयरल्यान्ड दुवैले आफ्नो पहिलो खेल जितेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले शुक्रबार अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबिया शुक्रबार आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । नेपालले सोमबार आयोजक आयरल्यान्डसँग भिड्ने छ । नेपालका कप्तान पारस खड्काले टस जिते पनि वर्षाका कारण १ घन्टा खेल हुन सकेन् । त्यसपछि पनि २० ओभर यथावत राखिएको खेलमा नामिबियाले निकै राम्रो सुरुआत गर्‍यो । ७ ओभरमा टोलीले १ विकेट गुमाई ५४ रन जोड्यो । नेपालले शनिबार ओपनिङ बलर करण केसीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१