विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि जापानको २४ करोड अनुदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार १२:५९

काठमाडौं २७ असार । विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि जापान सरकारले नेपाललाई २४ करोड ९९ लाख रुपैंया अनुदान दिएको छ । अर्थ मन्त्रालयमा भएको सहयोग सम्बन्धि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जापानी राजदूत मासासी ओगोवाले हस्ताक्षर गरे ।

????????????????????????????????????

अनुदान सम्झैतामा भने अन्र्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख समेत रहेका अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र नेपाल स्थित जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग जाईकाका चुतोमु सिमीजुले हस्ताक्षर गरे । सम्झौता अनुसार शिक्षा मन्त्रालय र जाइकाले विद्यालय क्षेत्र सुधार कार्यक्रम विस्तार योजना कार्यान्वयन गर्ने छन् । उक्त अनुदान रकम साक्षरता तथा निशुल्क एवं अनिवार्य शिक्षाका लागि खर्च गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१