करण को हो ? : सलमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार १२:१८

बलिउडका सुपरस्टार सलमान खान र बलिउडका चर्चित निर्माता एवं निर्देशक करण जोहरको विषयलाई लिएर बेला बखतमा विभिन्न खबरहरु बाहिर आइरहेका हुन्छन् । र यस पटक भने सलमान खान करण जोहरप्रति निकै आक्रोशित भएका छन् । ‘बलिउडका बक्सअफिसमा अधिकांश फिल्मले कन्टेन्टभन्दा स्टारका कारण दवदवा जमाउँदै आएका छन् भनेर करणले कमेन्ट गरेपछि यो विषलाई लिएर सलमान आक्रोशित भएका हुन् ।

salmanचलचित्र बजरंगी भाईजानको प्रचार प्रसारको क्रममा करण जोहरको वक्तव्यलाई लिएर प्रश्न सोधेपछि खानले भने,‘करण जोेहर को हो ? के उ बलिउडको प्रवक्ता हो ? जो कोही अभिनेतालाई स्टार बनाउने दर्शकले हो। दर्शक उसँग जोडिइरह्यो भने मात्र ऊ ठूलो स्टार बन्न सक्छ।’ सलमानले यत्ति भनेर मात्र चित्त बुझाएनन् । उनले भने,‘विगत पाँच वर्षदेखि मात्र मेरो स्टारडम बढेको हो। तर, म यो अवस्थामा आइपुग्नका लागि २० वर्षको मेहनत खर्च भएको छ।’ मिल्ने साथी समेत रहेका करणलाई सलमानले यस्तो भनेपछि उनीहरु बिच शितयुद्ध सुरु भएको बताइएको छ । सलमानले चलचित्र शुद्धि छोडेपछि भने उनीहरु विच केहि घम्साघम्सी सुरु भएको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१