विराटनगर, २७ असार । मोरङको कोशीहरैचामा श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी कोशी–हरैचा नगरपालिका–३ की ३० वर्षिया सुस्मिता परियारको उपचारको क्रममा ज्यान गएको हो । परियारलाई असार २३ गते श्रीमान पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत यामबहादुर परियारले कोशी–हरैचा–१२ सलकपुर स्थित डेरामा घरायसी बादविवाद हुँदा कुटपिट गरेका थिए । गम्भीर घाइते उहाँलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो । कुटपिटमा संलग्न यामबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रतिक्रिया