एस.पी.गौरब
सर्लाही,२७ असार । सर्लाहीमा अहिलेसम्म ८ प्रतिशत मात्रै रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीमा धान खेती हुने कुल ५६ हजार हेक्टर क्षेत्रफल मध्ये ८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई सकिएको जिल्ला कृषि बिकास कार्यालय सर्लाहीले जनाएको हो । धान खेती हुने कुल क्षेत्रफलको करिब करिब ४५ प्रतिशत जमिन आकाशे पानीको भरमा रोपाई गर्नु पर्ने र त्यस क्षेत्रमा सिचाइ सुचारु गर्नका लागि प्रशस्त मात्रामा वर्षा हुनुपर्ने भएकाले धान रोपाईमा ढिला भएको जिल्ला कृर्षी विकास कार्यलय सर्लाहीका प्रशासकिय अधिकृत विजय मण्डलको भनाई छ । धानको ब्याड राखेको करिब ३०देखि ५० दिन भित्रमा रोपी सक्नु पर्ने पनि उहाँले बताउनु भयो । बाग्मती सिचाई आयोजना ,मन्सुमारा सिचाई आयोजना तथा बाँके बाग्वन नदीको बाँध नियन्त्रणबाट सर्लाहीका कृषकहरुले सिचाई गर्ने गरेका मण्डलले जानकारी दिनु भयो ।
जिल्ला कुर्षी विकास कार्यालयले बोर्डिङ्ग तथा पम्पसेटको समेत व्यावस्था गरेको र त्यसबाट करिब ६ विघा जमिनमा किसानहरुले सिचाई गरेका समेत उहाँले बताउनु भयो । साथै मकै भित्राएर धान रोप्नु पर्ने भएकाले पनि कृषकहरुले ढिलो पाक्ने मकै लगाएको हुँदा धान रोपाईमा केहि ढिला भएको उहाँले बताउनु भयो ।उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष पानी कम परेको हुँदा धान उत्पादनमा गिरावट आउन सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया