भारतमा चमत्कारको आशामा कानै नभएका ४ वर्षीय नेपाली बालक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार ०९:४२

नयाँ दिल्ली (सौम्य पिल्लाई),२७ असार । ४ वर्षका प्रदीप शाह किताब पल्टाएर बस्दा धेरैलाई उनी सामान्य नै लाग्छ । उनी किताबमा कोरिएका चीत्र हेर्छन्, आफ्नो नाकले किताबको गन्ध सुँध्छन्, त्यसैमा भुल्छन् र ओठले मिठो मुस्कान छर्छन् । तर यि अवोध बालक कानमा आएर रोकिन्छन् । उनका कानहरु असामान्य छन् , भित्री रहस्य बेग्लै छ । उनी बहिरा छन् । बच्चैदेखी कान नसुन्ने प्रदीपलाइ उपचार गराउन उनका बाबु यतिबेला संघर्षरत छन् । प्रदीपले अहिलेसम्म जन्मेदेखी कुनै पनि शब्द सुनेका छैनन् । त्यसैले उनलाई बोल्न आउँदैनन् । उनका बाबु बिहारी शाह डिलर चलाउथेँ । प्रदीपकी आमाको इच्छा थियो, कुनै दिन छोराले सुन्न पाओस् । तर आमाका शब्द प्रदीपका कानसम्म कहिल्यै पुगेनन् । वैशाख १२ को भूकम्पपछि जेठा छोरासँगै आमा पनि पृथ्वीको गर्भमा बिलाइन् । त्यसपछि प्रदीपका बाबु आफ्नी श्रीमतिको सपना पूरा गर्न पनि प्रदीपको उपचार गराउन चाहन्छन् । ‘उ जन्मेदेखी नै उसले हाम्रो आवाज सुनोस् भन्ने कामना थियो । तर उसकी आमा र दाईको मृत्युपछि अब मैलेँ कुनै हालतमा जिम्मेवारी उठाउनु छ ।’– प्रदीपका बाबु विहारी भन्छन् । भावविव्हल हुदैँ उनी थप्छन्, ‘मैलेँ मेरो पुरै परिवार गुमाए । अब मेरा भन्नु प्रदीप मात्रै छ । तर उसले मेरो दुख सुन्न सक्दैन् ।’– यति भन्दै गर्दा उनको आखाँमा आँशु छल्किएको थियो । नेपालका चिकित्सकहरुले सुरुआतमा न्युरोलोजिकल समस्या देखिएको आशंका गरेपनि पछि उनलाई गोल्डेनहर सिन्ड्रोन लागेको पुष्टि भयो । शल्यक्रियापछि प्रदीप बोल्न र सुन्न सक्ने हुनेछन् । तर त्यसका लागि ७ लाख खर्च लाग्नेछ । दिल्लीमा उपचार खर्च जुटाउन नसकेपछि अहिले विहारी माग्न बाध्य छन् । प्रदीप र विहारी अहिले सफदारजंग अस्पताल अगाडी बसेका छन् , उनीहरुले खानाका लागि समेत माग्नुपर्ने बाध्यता छ । ‘मलाई थाहा छ, दिल्लीमा राम्रो उपचार हुन्छ । तर सर्जरीका क्रममा ७ लाख लाग्छ । म फलामका टुक्रा किनेर डिलरवालाहरुलाई बेच्ने गर्दथेँ । बजारमा बेच्नका लागि हामीले घरमा फुलफूल समेत रोपेका थियौँ । तर यहाँ अझै मैले जागिर पाएको छैन् । मलाई हिन्दी समेत राम्ररी आउँदैन् । त्यसैले अस्पताल बाहिर बसेको छु । बटुवाहरु केही पैसा दिन्छन् । यसरी नै गुजारा चलेको छ ।’– आँशू झार्दै विहारीले भने । बाबुको चिन्तासँग बेखबर प्रदीप प्याकेटको बिस्कुट टुक्राउँदैछन् । अवोध प्रदीप खेल्न आफ्ना बाबुसँग खेल्न चाहन्छन् । यता, बिहारी आफ्नो छोराले सुनेको र बोलेको हेर्नका लागि व्यग्र छन् । चमत्कारको प्रतिक्षामा ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१