जोसेफ स्कुलको एसएलसी उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७२, शनिबार २०:४१

DSC06336काठमाडौं ,२६ असार । एसएलसीमा उत्तिर्ण विद्यार्थीलाई जोसेफ माध्यमिक विद्यालयले  सम्मान तथा विदाई गरेको छ । ९० देखि ९२ .२५ %  प्रतिशत अङ्क सहित उत्तिर्ण  ६ जना छात्र ,छात्रालाई नगद दश हजार रुपैंया सहित विशेष सम्मान गरियो । DSC06452 DSC06410प्रमुख अतिथि संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती तथा विद्यालयका संस्थापक प्रिन्सिपल सुर्य  बहादुर अधिकारीले  संयुक्त रुपमा विद्यार्थीलाई टीका, माला, खादा तथा प्रमाण पत्र प्रदान गरेका थिए  । DSC06348

एसएलसीमा उत्तिर्ण सबै विद्यार्थीहरु सहित  अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । 11738048_917153318351567_4351224620097206647_nसाथै  उत्कृष्ट सभासद्स , समाजसेबी र कलाकारलाई सम्मानपत्र , प्रमाणपत्र, मायाको चिनो र माला तथा खादाले सम्मान गरिएको थियो  । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न दलका सभासद् ,कलाकार,पत्रकार, विद्यार्थी, अभिभावक, एवम् शिक्षक शिक्षिका सहभागी थिए ।11742767_917153098351589_3207181463181425165_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१