पैसा चिनेर किनमेल समेत आफैँ गर्ने कुकुर (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७२, शनिबार १०:२३

dog3जनावरलाई कुनै पनि कुरा सिकाउने हो भने उसले जान्दछ । हामीले विभिन्न जनावरका सरकस देखेका पनि छौँ ।  कुकुरले अंक चिन्दछ भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो ।

चीनमा यस्तो कुकुर छ जस्ले पैसा चिन्ने मात्र होइन बजारमा गएर सामान पनि किनेर ल्याउँछ । उत्तरपूर्वी चीनको जिलिन प्रान्तको राजधानी चाङहुनमा पैसा चिन्ने कुकुर अहिले निक्कै चर्चामा आएको छ ।

स्थानीय चिट्ठा कार्यक्रम सञ्चालक वाङ चुनले पालेको यो कुकुरका गतिविधी हेर्न जतिबेला पनि मानिसको भिड लाग्छ । टिकट किन्न आउने मानिसले दिएको पैसाले यो कुकुरले बजारमा गएर सामान समेत किन्छ ।

उसले कहिले आफुलाई त कहिले मालिकलाई सामान किन्ने गर्दछ । कुनै ग्राहकले १ युआनको नोट दियो भने कुकुर निजकैको पसलमा गएर आफूलाई मन पर्ने चिकेन विङ, ससेज जस्ता खानेकुरा किन्छ । कुकुरका मालिक वाङले यो कुकुरले विगत ६ वर्ष देखि आफ्नो खानेकुरा आफै किन्ने गरेको बताइन् ।

उक्त कुकुरलाई कसैले झुक्याउन पैसाका साथमा कागजको टुक्रा दियो भने पनि नोट मात्र समात्छ र कागज छोडिदिन्छ । उसले सानो र ठूलो नोट दियो भने ठूलो नोट समात्छ । धेरै समयसम्म उसले पैसा चलाउने गरेको हुनाले पनि उसले पैसा चिनेको मानिसहरुले अनुमान लगाएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१