‘ओ टिभि’ सञ्चालनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १८:०१

काठमाडौं, २५ असार । १० बर्षे जनयुद्धपछि नेपालमा मिडियाको विकास राम्रैसँग भइरहेको छ । तर पनि मिडियाहरु व्यबस्थित हुन भने सकिरहेका छैंनन् । यहि क्रममा ओ टिभि नामक एक अनलाइन टेलिभिजन आजबाट सञ्चालनमा आएको छ । नेपाली कांग्र्रेसका सभासद् अर्जुन नरसिंह केसीले उक्त अनलाइन टिभिको आज औपचारिक रुपमा शुभारम्भ गर्नुभएको छ । प्लस प्वाइन्ट मिडिया प्रा.लिद्धारा सञ्चालित ओ टिभिको औपचारिक उद्घाटन गदैं सभासद् केसीले अहिले नेपाली मिडियाको विकास राम्रोसँग भएको देखेर निकै नै खुसी लागेको बताउनुभयो । उहाँले अनलाइन पत्रिका हुदैं अब नेपालमा पनि अनलाइन टेलिभिजनको विकास भएको देखेर खुसी लागेको बताउनुभयो ।

ran नेपाली मिडियाले जनताको बोली बोल्नु पर्ने बताउनुहुदैं सभासद् केसीले अनलाईन टिभिलाई पनि व्यबस्थित बनाउन सरकारले उचित कदम अगाडी बढाउनु पर्ने उल्लेख गर्नुभयो । त्यस्तैं प्लस प्वाइन्ट मिडिया प्रा.लिका अध्यक्ष फडिन्द्र लामिछानेले ओ टिभिलाई नेपालकै व्यबस्थित अनलाइन टिभिको रुपमा विकास गर्ने दाबी गरे । उनले भने -‘नेपाली पत्रकारितामा व्यबसायिकता भित्राउनका लागि ओ टिभिले विशेष भुमिका खेल्ने छ ।’ ओ टिभिले यूवा बर्गलाई विशेष प्राथमिकता दिने पनि उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१