बुबाको मार्गनिर्देशनले तवला बादक भए : भुवन गन्धर्व

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १६:२०

नेपाली गीत संगीत पछिल्लो समय राम्रैसँग फस्टाइरहेको छ । यहि गीत, संगीतको भरमा आफ्नो गुजरा चलाउने पनि यति बेला धेरैं देखिन्छन् । तर गीत संगीतमा लागेका धेरैं व्यक्तिले सधै सम्मान गर्ने एक व्यक्तिको नाम हो स्वर्गीय सारंगीसम्राट जंगबहादुर गन्धर्व । उनले बजाएको सारंगीले नबहकिने सायद कमै थिए होला । उनले धोका दिनेलाई, लालुपाते नुघ्यो भुईँ तिर, करकलो गाभा, फिल्म कुसुमे रुमाल, फिल्म गोर्खा पल्टन लगायतका हजारौं गीतहरुमा सारंगी बजाएका छन् । जसले नेपाली संगीतक्षेत्रमा अझ भनौं सारंगीको माध्यमबाट एकछत्र राज गरेका थिए । विविसी नेपाली सेवामा १६—१७ बर्ष अगाडी प्रशारण हुने फुलमायामा नभुल बोलको गीतको धुन बज्ने गरेको थियो । जसमा स्वर्गीय सारंगीसम्राट जंगबहादुर गन्धर्वले सारंगी बजाउनुभएको थियो । उनैं स्वर्गीय सारंगीसम्राट जंगबहादुर गन्धर्वका कान्छा छोरा अर्थात तवला बादक भुवन गन्धर्व पनि यति बेलाका चर्चित तवला बादक हुन् । उनले हजारौं गीतहरुमा तवला बजाएका छन् । उनैं चर्चित तवला बादक भुवन गन्धर्वसँग राष्ट्रिय खबर डटकमले गरेको कुराकानी :

Bhuwan Gandharva.१. तपाई संगीतक्षेत्रमा लाग्नुभएको कति भयो ?
म व्यबसायिक रुपमा लागेको ६ बर्ष जति भयो । तवला बजाउन थालेको चाहि १४ बर्ष भयो ।

२.तपाईले तवला बजाउने प्रेरणा आफ्नैं बुबा स्वर्गीय सारंगीसम्राट जंगबहादुरबाटै पाउनुभएको हो त ?
हो, मैले तवला बजाउने प्रेरणा बुबाबाट नै पाएको हुँ । मेरो सुरुको गुरु भगवान मेरो बुबा नै हो । त्यसपछि आदरणीय गुरु कुमार महाराज हुनुहुन्छ । जो तवलामा विशिष्ट श्रेष्णीको हुनुहुन्छ । जसले तिन दशकभन्दा बढि नेपाली संगीतक्षेत्रमा योगदान दिदैं आउनुभएको छ ।

३. तपाईले नेपाली गीतहरुमा अझ भनौं नेपाली गीत संगीतमा तवला बजाउन थालेको कति भयो ?
मैले व्यबसायिक रुपमा स्टूडियोमा गइ नेपाली गीतमा तवला बजाउन थालेको ६—७ बर्ष जति भयो ।

४. नयाँ नयाँमा तपाईलाई कतिको अफठ्यारो भयो ?
नयाँ भएर नदिने त्यस्तो खासै त भएन् । म त्यति बेला आफु सक्षम भइसकेको थिए । यो क्षेत्रमा बुबा स्वर्गीय सारंगीसम्राट जंगबहादुर हुनुहुन्थ्यो । र बुबाको प्रेरणाले र बुबाको सहयोगले मेरो गुरु तवला बादक कुमार महाराज सरको शिष्य भएको कारणले गर्दा खासै अफठ्यारो महशुस गर्न पाइन । मलाई काम आइरहन्थ्यो ।

५. बुबाको कारणले नै गर्दा हो त यो क्षेत्रमा तपाई चिनिनुभएको ?
त्यस्तो होइन, बुबा आफ्नो ठाँउमा विशिष्ट श्रेष्णीमै हुनुहुन्थ्यो । उहाँको छोरा भनेर सबैले चिन्थे । बुबाको सहयोगले यो क्षेत्रमा लागे । र बुबाले मलाई मार्ग निर्देशन गर्नुभयो । म त्यहि मार्गमा लागे । तर म आफु सक्षम भएर यो क्षेत्रमा पहिचान कमाएको हुँ । र यो पहिचान कमाउनुमा मेरो बुबा स्वर्गीय सारंगीसम्राट जंगबहादुरको ठुलो योगदान छ । र आरदणीय गुरु कुमार महाराजको पनि ठुलो देन छ । आज म जे छु उहाँ दुवै जनाको योगदानको कारणले छु ।

६. नेपाली गीतहरु कति जतिमा तवला बजाउनु भयो होला, केहि आकडा छ ?
म जबबाट व्यबसायिक रुपमा तवला बजाउन थाले त्यति बेलाबाट लगभग मैले सम्झेको ४५ सयमा गीतमा तवला बजाइसकेको छु । त्यो आकडामा नै राखेको छु । त्यो भन्दा पनि धेरै बजाएको छु तर त्यसको आकडा छैंन । त्यस मध्य चलचित्रका गीतहरु, लोकगीतहरु, आधुनिक गीतहरु, भजन गीत, भोजपुरी, हिन्दी, मैथिली, डेउडा गीतहरु धेरैमा बजाए ।

buwan७.तपाई आफ्नो पेशामा सन्तुष्ट हुनुहुन्छ त ?
हजुर म अत्यन्तै सन्तुष्ट छु । मैले जेमा साधना गरेको थिए त्यो चाहि पुरा भएको छ । ठुला—ठुला संगीतकारहरुको गीतमा तवला बजाउन पाउँदा म साह्रै खुसी छु ।

८. केहि महिना अगाडी प्रदर्शनमा आएको विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र लभ यू बाबाले गिनिज बुकमा नाम लेखाउन सफल भयो । त्यो चलचित्रको गीतमा तपाईले पनि तवला बजाउनु भएको थियो र त्यस मार्फत तपाईले सम्मान पनि प्राप्त गर्नु भयो । त्यसको बारेमा केहि जानकारी दिनुहोस् न ?
निर्देशक भाई सौगात विष्टले ८ बर्षको उमेरमा चलचित्र निर्देशन गरि गिनिज बुकमा नाम लेखाउन सफल भए । उ भाई चाहि होल्डर थिए । हामीहरु संगीतकार, एरेन्जर, गायक, र बाद्यबादक मार्फत सम्मान पाउनेमा म तवला बादकबाट सम्मानित भएको थिए । म अत्यन्तै खुसी छु । संगीतक्षेत्रमा लागेपछिको सबैभन्दा ठुलो सम्मान पाएको मैले महशुस गरिरहेको छु ।

९.दिनभरीमा कति जति गीतहरुमा तवला बजाउनुहुन्छ ?
एभरेजमा भन्ने हो भने दिनमा ४ देखी ६ वटा सम्ममा बजाउँछु । थोरैमा ४ वटा गीतमा त बजाउँछु नैं ।

१०.तपाईले तवला बजाउनु भएको मध्य सुपरहिट गीतहरु कुन कुन छन् ?
मैले तवला बजाएको गीतहरु मध्य हिट भएका गीतहरु धेरै छन् । तर मलाई याद भएसम्म पागल म बन्न सक्छु, गाला रात्तै गाला रात्तै, फेरी फेरी फेरी नाईँ नभन्नू ल, माया एउटासँग बिहे अर्को सँग, सलल बग्ने गण्डकी लगायतका गीतहरु छन् ।

११.तपाईले नेपालका कति जना चर्चित संगीतकारहरु सँग काम गर्नुभएको छ ?
मैले नेपालका चर्चित भनिएका अधिकाशं संगीतकारहरुसँग काम गरिसकेको छु । जस्तैं ः शम्भुजित बाँस्कोटा, सुरेश अधिकारी, महेश खड्का, हरी लम्साल, बसन्त सापकोटा, आलोक श्री, विवी अनुरागी,आशिष अविरल, रञ्जित गजमेर, भुपेन्द्र रायमाझी लगायतका सबैहस्तीहरुसँग काम गरिसकेको छु ।

ba१२.तपाईले साधना गर्दाका अविस्मरणीय क्षण त्यस्तो कुनै याद छ ?
म सिक्दा दादरा ताल र दिपचन्दी तालको मात्रा छुट्याउन नसक्दा मेरो आदरणीय जीवन राई रिसाएको झलझली याद आउँछ । त्यो क्षण दिपचन्दी तालको र दादरा तालको गीत मैले बजाउँनु पर्दा त्यो क्षण बारम्बार याद आइरहन्छ ।

१३.नयाँ नयाँ गायकहरुको गीतमा तवला बजाउँदा कस्तो गीत होस् भन्ने लाग्छ ?
बजारमा आइरहेको गीतहरु भन्दा नयाँ शैलीको गीत होस् भन्ने लाग्छ । त्यो भयो भने मैले पनि आफ्नो नयाँ पन दिन सक्छु ।

१४. नेपाली सांगीतिक माहोल कस्तो छ जस्तो लाग्छ तपाईको विचारमा ?
अहिले अझ पहिलाको भन्दा सांगीतिकक्षेत्र सुमधुर हुदैं गएको छ । व्यबस्थित पनि हुदैं गएको मैंले पाएको छु । पहिलाको भन्दा अहिले धेरै तिव्र गतिमा सांगीतिकक्षेत्र अगाडी बढिरहेको छ । व्यबसायिक रुपमा पहिलाको जस्तो नभएपनि अहिले सञ्चारमाध्यम तिव्र गतिमा गइरहेको छ । पहिलाको गीतहरु अडियोमै सुनिन्थ्यो, एउटा निश्चित स्थानमा मात्र सुनिथ्यो भने अहिले विश्वभरमै सुन्न र हेर्न सकिन्छ । त्यसैले सांगीतिक माहोल पहिलाको भन्दा अहिले तिव्र गतिमा गइरहेको छ ।

१५.नयाँ व्यक्तिहरु म तवला बादक बन्छु भनेर आउन चाहन्छन् भने तपाई उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
आउँनु पर्छ । नयाँलाई पनि प्रोत्साहन दिनुपर्छ । तर अनुशासन, गुरुलाई सम्मान, अग्रजलाई रेक्सपेक्ट र साधनामा तल्लिन हुनुपर्छ । यति कुराहरु भयो भने मात्रैं एउटा सफल तवला बादक बन्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१