स्वरालाई इटालियन फिल्मबाट अफर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १०:५२

soraबलिउड चलचित्रकी नायिका स्वरा भास्करलाई एक इटालियन चलचित्रबाट अफर आएको छ । चलचित्र तनु वेड्स मनुमा अभिनय गरिसकेकी उनलाई इटालियन चलचित्र लैला वाडियाको एक इटालिएन उपन्यासमा आधारित कमेडी चलचित्रबाट अभिनय गर्ने अफर आएको बताइएको छ । बलिउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र प्रेम रतन धन पायोमा अभिनय गरिरहेकी उनलाई यो अफर आउनु निकै ठुलो उपलब्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २७ वर्षकी यी नायिकाले गुरारिस, राञ्झना, चिल्ली पार्टी जस्ता केही फिल्महरुमा अभिनय गरिसकेकी छिन्। बिहारी परिवरमा हुर्किएकी नायिका स्वरा भास्करले चलचित्र प्रेम रतन धन पायोको छायांकन सकिएपछि इटालियन चलचित्र खेल्ने मनसाय बनाएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१